Photo of Milford Sound in New Zealand

काठमाडौं, भदौं २८— बडा दशैं २०७४ को लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही गर्ने भएको छ ।

अघिल्ला वर्षहरुमा थापाथलीमा रहेको राष्ट्र बैंकको कार्यालयबाट सटही गरिने व्यवस्था गरिएको भए पनि यसपटक भने नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका शाखाहरुबाट नयाँ नोट सटही गरिने राष्ट्रबैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।विभागले सार्वजनिक सूचना जारी गरी थापाथलीपरिसरस्थित क्षतिग्रस्त सिंहमहल भत्काउने कार्य भैरहकोले अन्य बैंकबाट वितरण गर्न लागिएको जानकारी दिएको छ ।

नेपाल बैंकका काठमाडौं बैंकिङ अफिस, न्यूरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर, त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्सालबाट सटही गरिने भएको छ ।

कृषि विकास बैंकका शाखाहरु गौशाला, कोटेश्वर, रामशहपथ, रत्नपार्क र मंगलबजारबाट पनि नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्रबैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

यस्तै, राष्ट्र बैङ्कको आफ्नो पाँच क्षेत्रीय कार्यालय र राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकमा राष्ट्र बैंकको ७७ ओटा नोट कोषबाट उपत्यका बाहिर रहेका स्थानीय स्तरको बैंक तथा वित्तिय संस्थालाई नयाँ नोट वितरण गर्ने बताइएको छ ।

यी बैंकबाट एकजनाले २० हजारसम्म नयाँ नोट सटही गर्न पाउनेछ । ५, १०, २०, ५० र १०० का नयाँ, सफ, सुकिला नोटहरु साट्न सकिनेछ ।नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका सटही काउन्टरबाट भने एकजनाले २७ हजारसम्म साट्न पाउनेछ ।

राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीबाट टोकन मार्फत दैनिक २ हजार जनालाई नयाँ नोट वितरण गरिनेछ । अन्य १६ स्थानबाट प्रतिस्थान २०० जनाले नोट साट्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

गत वर्षहरुमा ७ दिन नयाँ नोट सटही सुविधा दिँदै आएको केन्द्रीय बैङ्कले यस वर्ष भने ३ दिन थप गरेर १० दिन वितरण गर्ने बताएको छ ।

संबैधानिक नियाक, सरकारी कार्यालय, संस्थान, सेना, प्रहरी, लगायतका संघसंस्थाहरुले भने संस्थाको आधिकारिक पत्रको आधारमा भने भदौ ३० गतेसम्म सटही गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ

The post आजबाट नयाँ नोट साटिने, कहाँ– कहाँबाट साट्न पाइन्छ ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xwitxp
via IFTTT
12 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top