Photo of Milford Sound in New Zealand

चण्डीगढ। बलात्कार अभियोगमा २० वर्षको जेल सजाय काटिरहेका बाबा राम रहिमकी छोरी हनीप्रीतको हत्या गरिएको भारतीय इन्टेलिजेन्स ब्युरोले आशंका गरेको छ । इन्टेलिजेन्स ब्यूरोले हनीप्रीत लामो समयसम्म नभेटिएपछि उनको हत्या भएको हुन सक्ने आशंका गरेको छ । हनीप्रीतलाई बाबाका धेरै रहस्यहरुबारे जानकारी भएकोले उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

बाबा राम रहीम जेल गएसँगै हनीप्रीत बेपत्ता छिन् । प्रहरीले उनको विरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ तर उनलाई भेट्न सकिएको छैन । उनीविरुद्ध बाबालाई अदालतबाटै भगाउन खोजेको र शहरमा दंगा भड्काएको आरोप छ । हनीप्रीत बाबाको निकै नजिक भएको हुँदा उनी पक्राउ परेमा बाबाका कैयौं रहस्य खुल्ने डरले उनको हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले बाबा जेल गएदेखि नै हनीप्रीतको निरन्तर खोजी गरिरहेको छ । तर, अनेकौं ठाउँमा छापा मार्दा पनि उनलाई भेट्टाउन भने सकेको छैन ।

The post बलात्कारी बाबाकी ‘छोरी’ हनीप्रीतको हत्या ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wOVInN
via IFTTT
09 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top