Photo of Milford Sound in New Zealand

काठमाडौं, २८ भदौ । अमेरिकासँग किनेको तोप भारतका लागि ‘टोक्नु न बोक्नु’ भने झैं भएको छ । अमेरिकासँग किनेको एम ७७७ अल्ट्रालाइट होवित्जर तोपको परीक्षण असफल भएपछि भारतलाई झट्का लागेको छ ।

हालै पोकरण फायरिङ्ग रेन्जमा गरिएको परीक्षणमा उक्त तोप असफल भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । परीक्षणका क्रममा तोपको गन ब्यारेल नै फुटेको बताइएको छ ।

उक्त घटनामा कुनै मानवीय क्षति भने भएको छैन । तोपको गन ब्यारेल कसरी फुट्यो भन्नेबारे अनुसन्धान सुरु गरिएको जनाइएको छ । हाल यो तोपको थप परीक्षणमा समेत रोक लगाइएको छ ।

अमेरिकासँगको सम्झौता अन्तर्गत भारतले यस्ता एक सय ४५ तोप खरिद गर्ने भएको थियो । प्रत्येक तोपको मूल्य ३९ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । एजेन्सी

The post अमेरिकासँग किनेको तोप भारतलाई टोक्नु न बोक्नु ! परिक्षण असफल हुँदा लाग्यो झट्का appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2eVN7Fa
via IFTTT
13 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top