Photo of Milford Sound in New Zealand

सडकमा दुर्घटनामा दुक्रा टुक्रा भएको भाइको लाश । अनि रुँदै रुँदै तिनै लाशका टुक्राहरु बटुल्दै गरेकी दिदी । यस्तो दर्दनाक दृश्य देख्नेहरु पनि नरोइ बस्न सकेनन् । सडकछेउ बसेर हेर्नेहरु सबैको आँखामा आँसु थियो । यस्तो दर्दनाक दृश्य आइतबार दिउँसो भारतको राँची–गुमला हाइवेमा देखिएको हो ।

यहाँ ट्रकको ठक्करले एक ३० वर्षीया युवकको मृत्यु भयो । घटनालगत्तै भीड जम्मा भयो । भीडबाट रुँदै निस्किएकी ती महिलाले शव आफ्नो भाइको भएको बताइन् । त्यसपछि सडकमा छरिएका शवका टुक्राहरु उनले रुँदै रुँदै बटुल्न थालिन् । यही क्रममा ती महिलाका छोरा घटनास्थलमा आए । उनले आफ्ना मामा जिवितै भएको र लाश अरु कसैको भएको बताएपछि महिलाले राहतको सास लिइन् ।

मृतक युवकको अनुहार बिगनी देवी नामकी ती महिलाको भाइको अनुहारसँग मिल्दोजुल्दो भएकोले ती महिला झुक्किएकी थिइन् । ती मृतक युवकको अहिलेसम्म पहिचान खुलेको छैन । घटनापछि प्रहरीले शव बटुलेर पोस्टमार्टमलाई पठाएको थियो । ती महिला अस्पताल पनि पुगेकी थिइन् । यो कुरा कसैले उनको परिवारलाई बताइदिएपछि उनीहरु आश्चर्यचकित भएका थिए किनकि उनका भाइ जिवितै थिए ।

The post दर्दनाक दृश्यः दिदीले रुँदैरुँदै भाइको लाशको टुक्रा बटुल्दै गर्दा… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fcsok2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top