Photo of Milford Sound in New Zealand

एजेन्सी, असार १५
मान्छेको शरिरमा हुने कोठिले पनि उसको भाग्य बताउने ज्योतिष विज्ञानले बताउने गरेको छ । तपाई सबैमा कहिँ न कहिँ कोठि हुन्छ तर ती सबै सुभ हुदैनन् ।

कतिपयले त आफुलाई सुन्दर देखाउन आफै कृतिम कोठि पनि बनाउछन् । त्यो भन्दा पनि शरिरमा प्राकृतिक रुपमा विभिन्न स्थानमा हुने कोठिहरुले कस्तो संकेत गर्छ त ?
ज्योतिष विज्ञानको आधारमा निम्न स्थानमा कोठी हुनु भाग्यको प्रतिक मानिन्छ ।

१ . हत्केलाको कोठीः

हातको कोठी हुनु निकै शुभ र राम्रो मानिन्छ । ज्योतिष अनुसार जो मानिसको हत्केलामा कोठी हुन्छ, त्यस्तो व्यक्ति भाग्यमानी हुन्छन् विशेषगरी कोठी मुट्ठीभित्र पर्छ भने ।

यस्ता मानिसको जीवनयापन निकै राम्रो तरिकाले हुनुका साथै निकै धनवान पनि हुन्छन् । विवाह पछि यस्ता मानिसलाई ससुराली र घरमा पनि निकै सम्मान मिल्ने गर्दछ ।

२ . नाकमा कोठीः

नाकमा कोठी भएका मानिसहरु निकै नखरा गर्ने किसिमका भएपनि उनीहरुको मन निकै कमलो, राम्रो र सच्चा हुन्छ ।

यसका साथै यस्ता मानिसहरुले आफ्नो करियरमा निकै प्रगती गर्ने गर्दछन् । प्रगती ढिला भएपनि उनीहरु आफ्नो करियरमा एक राम्रो गन्तव्यमा पुग्छन् ।

३ . चिउँडोमा कोठीः

चिउँडोमा कोठी हुनु शुभ संकेत मानिन्छ । यस्ता मानिसहरुको बिग्रेको काम पनि बन्ने गर्दछ ।

जो मानिसहरुको चिउँडोको बिचमा कोठी हुन्छ उनीहरुको पार्टनरसँगको सम्बन्ध निकै राम्रो हुन्छ । साथै यस्ता मानिसहरु आर्थिक रुपमा पनि सबल हुन्छन् ।

४ पिठ्युँमा कोठीः

जो व्यक्तिको पिठ्युँमा कोठी हुन्छ, उनीहरु निकै रोमान्टिक हुन्छन् र घुमफिरका शौखिन हुन्छन् । यस्ता व्यक्तिहरु निकै हँसीमजाक गर्ने प्रवृत्तिका हुन्छन् ।पिठ्युँमा कोठी हुनेहरुलाई उनका सन्तानले निकै माया गर्ने गर्दछन् । उनीहरु सबैसँग सुखी हुन्छन् ।

The post यस्ता चार ठाउँमा कोठी भएका व्यक्ति निकै भाग्यमानी हुन्छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wJqhvB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top