Photo of Milford Sound in New Zealand

बुद्ध लामा पहिलो नेपाल आइडल भएपछी मनोज गजुरेलले एक संदेश दिएका छन । तिन फाइनालिस्ट भन्दा करोडौको मतान्तरले बिजेता बनेका बुद्दलाई हास्य कलाकार मनोजको संदेश यस्तो छ :

प्रिय बुद्ध भाइ,
प्रथम नेपाल आईडल बन्न सफल हुनु भएकोमा हार्दिक बधाई तथा धेरै शुभ कामना ।💌

हुन त ‘नेपाल आईडल’ एउटा गायन प्रतियोगिता हो । तर ‘आईडल’को बृहत अर्थ प्रतीमा हुन्छ । यस अर्थमा नेपाल आईडल सिंगै नेपालको प्रतिमा/प्रतिनिधि हुन सक्नुपर्छ । नेपाल आईडल कार्यक्रममा जनताको चासो, उत्साह र सहभागिता देख्दा थाहा हुन्छ, जनताले समग्र नेपालको प्रतीक खोजि रहेका थिए, जो तपाईं बन्नु भएको छ, पुन: बधाई 🌹

भाइ बुद्ध, कार्यक्रमका आयोजक, प्रायोजक, सञ्चालकको आ-आफ्नै ब्यवसायीक स्वार्थ हुन्छ । तर, तपाईंले त्यो भन्दा माथी उठ्नु पर्छ ल ! ब्यवासायीकता संगै र सामाजिक आईडल पनि बन्नुपर्छ है !

फ्यानहरुको अपेक्षा हुन्छ, आफ्ना मनपर्ने कलाकारहरु पर्दामा जस्तो देखिन्छन् पर्दा बाहिरपनि त्यस्तै होउन् ! त्यसैले हाम्रो रिल लाईफ र रीयल लाईफ एउटै बनाउने प्रयास गर्नुपर्छ है ।

बुद्ध, त्यसका लागि गायनसंगै तपाईंको सामाजिक संबन्धपनि सुमधुर हुनुपर्छ । आफ्नो समुदाय र शुभ चिन्तकप्रति सधैं कृतज्ञ रहनुपर्छ । जनता चाहान्छ, आफ्नो आईडलले गाउंदा देशको कथा आओस् । बोल्दा देशको ब्यथा प्रतिविम्वित बनोस् । खानपान र जिवनशैलीले नेपालको झल्को देओस् । घमण्ड र दम्भ नरहोस् । ‘नेपाल आइडल’ नेपालजस्तै सुन्दर, शान्त र समावेसी होओस् ।

बुद्ध, राजनैतिक बिकृतिले टुटाएको नेपाली मनलाई अब नेपाल आईडलको ब्यवहारले जोड्नुपर्छ । जातमा, क्षेत्रमा, वर्णमा बिभाजित फ्यानहरुलाई एकताको धुनले एक बनाउनु पर्छ । नेपालका भाषा, संस्कृति र परम्पराको सम्मान हुनुपर्छ । मलाई तपाईं समग्र नेपाल र नेपालीको प्रतिमा अर्थात् ‘आईडल’ बनेको हेर्ने उत्कट ईच्छा छ ।

अन्त्यमा, निशान, प्रताप, सागर, सुरज लगायत प्रतियोगितामा सहभागी भएका सबैलाई हार्दिक शुभ कामना । हार-जीतलाई सामान्य प्रकृयाको रुपमा लिने, सबैलाई समभावले हेर्ने स्वभावले तपाईंहरु जनताको हृदयको आईडल बनिसक्नु भएको छ । नम्रता, सहजता, सरलता, सकारात्कताको शन्देश सहित् तपाईंपनि दुनियांको आईडल बन्नुहोस्, धेरै धेरै शुभ कामना

The post बुद्ध लामा पहिलो नेपाल आइडल भएपछी,मनोज गजुरेलले दिए यस्तो चोटिलो सन्देश ! appeared first on Taja nepali news.

http://ift.tt/2suFOwA

from SHYANE http://ift.tt/2fh7pZJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top