Photo of Milford Sound in New Zealand

काठमाडौं -सनी देओलले आफ्ना अभिनेता भाइ बबी देओल डिप्रेसनको सिकार भएको खुलासा गरेका छन् । विगत १० वर्षदेखि कसैले पनि बबीलाई फिल्ममा नलिएकाले उनी डिप्रेसनमा गएको सनीले खुलाएका हुन् ।

बबीले चार वर्षपछि हाल ‘पोस्टर ब्वाइ’ फिल्ममार्फत ‘कमब्याक’ गरेका छन् । उनको सो फिल्म शुक्रबारदेखि प्रदर्शनरत छ । निर्माता, निर्देशकसँग काम माग्दा नपाएकाले बबी डिप्रेसनमा गएको सनीले बताएका हुन् ।

हालै एक प्रेसमिटमा सनीसँग बबीको बारेमा पत्रकारले सोधे । बबीसम्बन्धी जिज्ञासामा सनी भावुक बने । आफ्नो भाइबारे उनले रुँदै भने, ‘बबीले विगत १० वर्षदेखि निर्मातासँग फिल्म मागिरहेको थियो । तर, कसैले पनि उसलाई फिल्म दिएनन् । त्यसकारण ऊ डिप्रेसनमा गयो । उस्को त्यस्तो हालत हामीले कसरी सह्यौँ, त्यो हाम्रो परिवारलाई मात्र थाहा छ ।’

सनीले आफ्नो परिवार निकै बलियो भएकाले कुनै सदस्यलाई समस्या पर्दा सहारा बन्ने गरेको बताए । बबी अन्तिमपटक सन् २०१३ मा रिलिज भएको ‘सिंह साहब दी ग्रेट’ नामक फिल्ममा केमियो रोलमा देखिएका थिए ।नयाँ पत्रिकाबाट

The post सनी देओलले रुँदै भने फिल्ममा काम नपाएपछि मेरो भाइ बबी डिप्रेसनको सिकार भयो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gXowE4
via IFTTT
11 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top