Photo of Milford Sound in New Zealand

एजेन्सी, ६ असार । पछिल्लो समय चीनले भौतिक पूर्वाधार निर्माणमा निकै ठूलो प्रगति गरेको छ । सडक, पुल, ऊर्जा, सञ्चार प्रविधिमा चीनले आश्चर्यजनक विकास गरेको छ ।

यही बीचमा चीनले अब भव्य अग्लो भवनमा जंगल स्थापना गर्ने भएको छ । सहरमा अत्यधिक वायु प्रदूषण बढेपछि चीनले ठाडो जंगल स्थापनाको कन्सेप्ट अघि सारेको हो । ठाडो जंगलका रुख र बिरुवाले कार्वनडाइअक्साइड, धूलोको नियन्त्रण, अक्सिजन उत्पादन हुने विश्वास लिइएको छ ।

चीनले सन् २०१८ भित्र पहिलो भर्टिकल फरेस्ट प्रोजेक्ट सञ्चालनमा ल्याउने भएको छ । यो प्रोजेक्ट चीनको पूर्वी प्रान्त नान्जिङमा बन्ने छ । त्यसका लागि इटालियन आर्किटेक्ट स्टेफानो बोयरी र उनको टिमले काम गरिरहेको छ । जसले इटालीको मिलान सहरमा रहेको दुई भव्य भवनमा बोस्को भर्टिकल फरेस्ट स्थापना गरेका छन् । ११० र ७६ मिटर अग्लो ती दुई अपार्टमेन्टमा नौ सय रुख र २० हजार बिरुवा रोपिएको छ ।

 

नान्जिङ भर्टिकल फरेस्ट भने २०० र १०८ मिटर अग्लो भव्य भवनमा स्थापना गरिने भएको छ । सो भवनमा २४७ वटा रुमको लक्जरी होटल, अफिस, पसल, रेस्टरेन्ट, खाद्य बजार, कन्फ्रेन्स हल, म्युजियम, आर्किटेक्चर स्कुल रहनेछन् ।जुन भवनमा २३ प्रजातिका ११ सय स्थानीय रुख वनस्पति, २५ प्रकारका बिरुवा रोपिनेछन् । जसले दैनिक ६० केजी अक्सिजन उत्पादन गर्नेछ ।


तस्बिर : रोयटर्स

The post चीनको चमत्कार, अब भव्य अग्लो बिल्डिङमै घना जंगल स्थापना appeared first on Taja nepali news.

http://ift.tt/2hbNrQZ

from SHYANE http://ift.tt/2xbXKvW
via IFTTT
18 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top