Photo of Milford Sound in New Zealand

जनकपुरधामः शील्पका देउता भगवान विश्वकर्माको पूजा भव्यताका साथ जनकपुरमा मनाउनका लागि सम्पूर्ण तयारी पुरा भएको छ। असोज १ गते विश्वकर्मा पूजा मिथिलाञ्चल सहित देशैभरि मनाईदैछ।

जनकपुरमा उद्योग, कलकारखाना, सुनचाँदी व्यवसायी र शिल्पकारहरुले विश्वकर्मा भगवानको माटोको प्रतिमानै स्थापना गरि पुजा गर्ने गर्दछन्। विशेषगरी यहाँको सोनारपट्टीमा विश्वकर्मा पुजा भव्य हुने गर्दछ। प्रतिवर्ष सुनचाँदी व्यवसायी संघको अगुवाईमै विश्वकर्मा पुजाको आयोजना गर्ने गरिन्छ।

भगवानहरुको शिल्पकारको रुपमा मान्यता पाएका विश्वकर्माको पुजाआजा गरियो भने औजार, मेशिन र सवारी साधनहरुमो बढोत्तरी हुने जनविश्वास छ। यस पुजाको लागि जनकपुरका मुर्तिकारहरुले माटोको प्रतिमाहरु बनाएर तयार गरिसकेको र भोली विहानै पुजागर्नेहरुले मुर्ति लग्ने मुर्तिकार रामलोचन पंडितले बताए। यसपलि असोज २ को निर्वाचनका कारण विश्वकर्मा पूजाको लागि बढि मुर्तिको डिमान्ड नआएको पंडितले सुनाए।annapurnapost

The post आज विश्वकर्मा पूजा मनाइँदै … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fqXL7w
via IFTTT

0 comments:

Post a Comment

add

 
Top