भाद्र २५, काठमाडौ। चीनको समुद्रपार इन्जिनियरिङ ग्रुप र चिनियाँ रेलवे ब्यूरो लिमिटेडको संयुक्त निर्माणमा बनेको डबल शिल्ड टनेल बोरिङ मेशिन नेपाल पुगेको छ। नेपालको इतिहासमै यस्तो खाले उत्खनन् मेशिन पहिलो पटक भित्रिएको हो।
चीनको एउटा प्रमुख अनलाइनले जनाए अनुसार २ महिना अघि चीनको शाङ्हाईमा निर्माण सम्पन्न भएर कलकत्ता भन्सारमा पुगेपछि अगष्ट २७ मा कलकत्ता भन्सारको सबै क्लियरेन्स पूरा भएको थियो। त्यहाँबाट गत सेप्टेम्बर २ मा नेपाल प्रवेश गर्ने गरी सबै भन्सार प्रक्रिया पनि पूरा गरिएको थियो।
तीव्र गति र लामो गहिराईसम्मका टनेल खन्ने क्षमता भएको यस मेशिनको व्यास ५.०६ मिटर छ भने नेपाल सरकारले ७० मिलियन चिनियाँ युआनमा चीनकै शाङ्हाईबाट निर्माण गराएको हो।
भेरी बबई डाइभर्सन परियोजनामा १२ किलोमिटर लामो सुरुङ खन्न यो मेशिन ल्याइएको बताइएको छ। परियोजना प्रमुख शीवकुमार बस्नेतका अनुसार २५० मिटर लामो यो मेशिन जडान गर्न करिब दुई महिना लाग्नेछ। नेपालमा कुनै परियोजनामा पहिलो पटक यसरी टिबिएम मेशिन प्रयोग गर्न लागिएको हो।
भेरी बबई सिचाई तथा जलविद्युत परियोजना राष्ट्रिय गौरवको आयोजना हो, जसलाई रणनीतिक महत्व दिएर सरकारले निर्माण कार्य अगाडि बढाइरहेको छ। १५ मिटर अग्लो यो ड्यामबाट प्रतिसेकेण्ड ४० क्यूविक मिटर पानी भेरीबाट बबई नदीमा फाल्ने योजना छ।
त्यस्तै नेपाल पठाउनका लागि अहिलेसम्म २४ वटा ठूला ट्रक पनि शिपिङ गरिँदैछ। ती ठूला ट्रकहरूमा ५० टन सामग्री लाद्न सक्ने क्षमता छ। यस्ता ट्रकहरू १४ मिटर लामा र ४ मिटर चौडाइका छन्। नेपालको पारवहन विभाग, नेपाल प्रहरी, राष्ट्रिय वन विभाग तथा अन्य पहाडी मार्गका सम्बन्धित निकायको समन्वयमा सेप्टेम्बर १५ सम्ममा सबै परियोजनास्थलसम्म पुगिसक्ने जनाइएको छ।
टनेल बोरिङ मेशिनले नेपालको उत्खनन् क्षेत्रमा ठूलो अपेक्षालाई साकार तुल्याउने छ। सुरुङभित्र आफै खन्दै बाटो बनाउँदै सर्प झैँ घिस्रिँदै अगाडि बढ्ने यो मेशिन विकसित देशहरूमा खासगरी भूमिगत मेट्रो रेलमार्ग निर्माणमा प्रयोग गरिन्छ। त्यस्तै जलविद्युत आयोजना वा खानेपानी आयोजनाको सुरुङ खन्न पनि यो मेशिन प्रयोग गरिन्छ।
निर्माण परियोजनामा १२ किलोमिटर गहिराइसम्म खन्ने क्षमता भएका यस्ता मेशिनले विकासको मार्गमा अघि बढेको नेपाललाई ठूलो सहायता पुग्नेछ। यसबाट नेपाल–चीन मैत्री सहयोगमा नयाँ आयाम पनि थपिएको छ।
स्रोत- नेपालखबर
The post इतिहासमै पहिलो पटक सुरूङ खन्ने अत्याधुनिक चिनियाँ टनेल बोरिङ मेशिन नेपाल ल्याइयो appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2xnGJl7
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.