Photo of Milford Sound in New Zealand

अस्पतालमा उपचारको लागि भर्ना भएका ७६ वर्षका बृद्धलाई अस्पतालले मृत घोषित गरिदियो। परिवारले उनको अन्तिम सँस्कारको तयारी गर्न थाले। तयारी पूरा भएपछि उनलाई शववाहनमा राखेर मसानघाटतर्फ लगियो। तर, बाटोमा अचानक बृद्ध उठेर बसे अनि सोधे ‘हरि ॐ मलाई कहाँ लैजाँदैछौ ?’

प्राप्त जानकारी अनुसार भारतको भोपाल बैरागढका ७६ वर्षीय मोटूमल वासवानी यसरी उठेका हुन्। उनलाई ६ सेप्टेम्बरका दिन हृदयाघात भएको थियो । त्यसपछि उनलाई उपचारको लागि भोपालको चिरायु अस्पतालमा भेन्टिलेटरमा राखियो । मंगलबार बिहान ७ बजेतिर डाक्टरहरुले उनलाई मृत घोषित गरिदिए।

त्यसपछि परिवारका सदस्यहरुले अन्य आफन्तहरुलाई मोटुमलको मृत्युको खबर दिए । सूचना पाउनासाथ सयौं व्यक्ति उनको घर पुगे त्यसपछि उनको अन्तिम संस्कारको तयारी सुरु भयो । अर्थी सजाइयो, मसानघाटमा उनलाई जलाउनको लागि दउराको प्रबन्ध पनि भयो । केही नातेदारहरु टाढाबाट आउनपर्ने भएकोले दिउँसो २ बजे अन्तिम सँस्कारको समय तोकिएको थियो।

अस्पतालमा परिवारलाई शव हस्तान्तरण गर्ने प्रक्रिया पूरा गरेपछि उनको शवलाई शववाहनमा राखेर घर ल्याइँदै थियो । अचानक शववाहनमै मोटूमल उठेर बसे अनि सोधे ‘मलाई कहाँ लैजाँदैछौ ?’ लगत्तै परिवारका सदस्यहरु छक्क परे । उनलाई तत्काल घर लगियो । घरमै रहेका डाक्टर शीतल बालानीले उनको जाँच गरेपछि तत्कालै एलबीएस अस्पताल भर्ना गरिएको छ । -InternetKhabar.com बाट

The post डाक्टरले मरे भनेको ५ घण्टापछि बृद्धले उठेर सोधे ‘हरि ॐ मलाइँ कहाँ लैजाँदैछौ ?’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fgPseg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top