काठमाडौं । विश्व महाशक्ति अमेरिकासँग परमाणु हतियार निर्माण गरेर चुनौति दिइरहेका उत्तर कोरियाली शासक किम जोङ उनको शक्ति तीन वैज्ञानिमा सीमित रहेको छ ।
संयुक्त राष्ट्र संघमा परमाणु हतियार नबनाउने सहमति गरेका किम जोङ इलका उत्तराधिकारी किम जोङ उनका यस्ता तीन शक्तिशाली वैज्ञानिकलाई हालै सम्मान गरिएको खबर छ ।
उत्तर कोरियाको सरकारी समाचार माध्यमले एक समारोहबीच सम्मान गरिएको जनाएको छ । केसीएनएले दिएको जानकारीअनुसार देशको न्युक्लियर विकास कार्यक्रमका लागि ज्यान दिएर लागि परेका वैज्ञानिकहरू भूतपूर्व वायु सेना जर्नेल री प्योङ कोल, रकेट वैज्ञानिक किम जोङ सीक, हतियार निर्माणमा देशका सर्वश्रेष्ट व्यक्ति जाङ चाजङ हालाई सम्मान गरिएको हो ।
सरकारी समाचार माध्यमले सम्मान गरिएका व्यक्तिको तस्बिर भने सार्वजनिक गरेको छैन । शासक किमसहितका उच्च अधिकारीले उठेर उनीहरूको सम्मान गरेको समाचारमा जनाइएको छ ।
उत्तर कोरियाले हालै जापानी आकाश हुँदै समुद्रमा खसाएको क्षेप्यास्त्र र हाइड्रोजन बम परिक्षणको सर्वत्र विरोध भएको थियो ।
The post तीन वैज्ञानिक जसले किम जोङलाई शक्तिशाली बनाए appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2xlWglL
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.