Photo of Milford Sound in New Zealand

काटमान्डौ । छविराज ओझा नेपाली चलचित्र क्षेत्रका चर्चित निर्माता हुन् ।४६ मा चलचित्र ‘युगदेखि युगसम्म’ निर्माण गरेयता उनले थुपै्र कलाकारलाई चलचित्रमा डेब्यु गराए । उनले नै डेब्यु गराएका राजेश हमाल, रेखा थापाले नेपाली चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाए । ‘हिरो’ चलचित्रबाट आफैँले डेब्यु गराएकी नायिका रेखा थापासँग उनले तेस्रो बिहे गरे । तर, १५ वर्षमै उनीहरूले सम्बन्धविच्छेद गरे । १९ वर्षकै उमेरमा पहिलो विवाह गरेका छविको वैवाहिक जीवन सफल देखिँदैन । पहिलो विवाह १० वर्षमै टुंंगियो । त्यसपछि उनले नायिका गीताञ्जलीसँग दोस्रो विवाह गरे । गीताञ्जलीसँगको सम्बन्ध पनि दिगो बनेन । उनले आत्महत्या गरेर संसारबाट बिदा भइन् ।

पछिल्लो समय छवि आफूभन्दा ३० वर्ष कान्छी नायिका शिल्पा पोखरेलसँग चौथो विवाह गर्ने तयारीमा छन् । शिल्पालाई पनि उनले नै चलचित्र ‘लज्जा’बाट डेब्यु गराएका हुन् । त्यतिवेलैदेखि उनीहरूको अफेयरको हल्ला चल्न थालेको हो । ‘लज्जा’ रिलिज हुने समयमा पनि शिल्पा आफैँले पनि विवाहको हल्ला चलाइन् । अहिले पनि छविले निर्माण गरेको र शिल्पाले अभिनय गरेको चलचित्र ‘मंगलम्’ प्रदर्शनको तयारीमा छ । त्यसकारण योपटक पनि उनीहरूले चलचित्र प्रमोसनका लागि स्टन्ट गरेको धेरैको अनुमान छ । तर, उनीहरू साँच्चिकै बिहे गर्ने पक्का भएको बताउँछन् । ‘त्यतिखेर हामीले जानीजानी झुटो हल्ला चलाएका थियौँ, तर अहिले बिहे गर्ने छिनोफानो भइसक्यो’, शिल्पाले भनिन्,‘छविजीले मेरो बुवाआमासँग भेटेर कुरा गरिसक्नुभयो । परिवारको सहमतिमा बिहे गर्दै छौँ ।’ गतवर्ष नै आफूहरू विवाह गर्न लागेको, तर ज्योतिषीले नगर्न सल्लाह दिएका कारण रोकिएको उनले बताइन् ।छविजीको ज्यान बूढो मन पूरै तन्नेरी(शिल्पा पोख्रेल, अभिनेत्री)मेरो जन्म विराटनगरमा भएको हो । १५ वर्षसम्म त्यहाँ बसेँ । एसएलसी उत्तीर्ण भएपछि ब्युटिसियनको तालिम लिएर ब्युटिसियन बन्ने उद्देश्यले काठमाडौं आएँ ।

मेरी ममीलाई एकजनाले बहिनी बनाउनुभएको थियो । उहाँलाई मामा भन्थेँ । उहाँ चलचित्र क्षेत्रको हुनुहुन्थ्यो । उहाँले मलाई ‘घरबेटी बा’ चलचित्रमा अभिनय गछ्र्यौ भन्नुभयो । तर, त्यतिवला मलाई कोरियोग्राफर बन्ने इच्छा थियो । ब्युटिसियनका साथै राम्रोसँग नृत्य सिक्छु, त्यसपछि कोरियोग्राफर बन्छु भन्ने सोचेकी थिएँ । तर, कहाँ जाने, यो क्षेत्रमा कसरी प्रवेश गर्ने भन्ने माध्यम नै थाहा थिएन । यही वेलामा ‘घरबेटी बा’को कुरा आयो । मेरो पहिलो खुड्किलो यही नै हुन्छ होला भन्ने सोचेँ र फिल्म खेल्ने निधो गरेँ । त्यसैवेला मलाई पूर्ण राईको हल्काहल्का भन्ने गीतमा मुजुरा नृत्य गर्नुपर्ने थियो । म नृत्यमा निकै रुचि राख्ने मान्छे । त्यसैले नृत्यका लागि सहमति जनाएँ । त्यहाँबाट मैले म्युजिक भिडियोमा अभिनय सुरु गरेको, हालसम्म एक सय ५० म्युजिक भिडियोमा अभिनय गरिसकेँछु । यसरी अभिनयमा लागेपछि यसको भूत चढ्यो । ब्युटिसियन र कोरियोग्राफर बन्ने सपना तुहियो ।चलचित्र निर्माता छविराज ओझाको वैवाहिक जीवन सुखद छैन । १९ वर्षको उमेरमा पहिलो बिहे गरे, तर १० वर्षमै पत्नीसँग छुट्टिए । अभिनेत्री गीताञ्जलीसँग दोस्रो बिहे गरे, उनी आत्महत्या गरेर संसारबाट बिदा भइन् । नायिका रेखा थापासँग गरेको तेस्रो विवाह पनि १५ वर्षमै विच्छेद भयो । अब आफूभन्दा ३० वर्ष कान्छी नायिका शिल्पा पोखरेलसँग चौथो बिहे गर्ने तयारीमा छन् छवि ।कक्षा १२ अझै पास गरेकी छैन

एसएलसी दिनेबित्तिकै काठमाडौं आएकी हुनाले कलेज अध्ययन गर्नुपर्ने बाध्यता पनि थियो । तर, म विराटनगरमा नै कक्षा ११ मा भर्ना भएँ । काठमाडौंमा प्राइभेट पढेँ । धेरैजसो अभिनयमा नै व्यस्त रहनुपरेकाले पढाइमा त्यति ध्यान दिन सकिएन । जसले गर्दा कक्षा १२ पास गर्न अझै पनि सकेकी छैन । यसरी कक्षा १२ मा फेल भएपछि मेरो ध्यान अभिनयतिर नै जान थाल्यो ।पहिलोपटक छविजीलाई भेट्न ममी लिएर गएँ मैले मिलन अमात्यको ‘हतियार बनायौ’ भन्ने गीतको भिडियोमा अभिनय गरेकी थिएँ जुन भिडियोको प्रोमो बिहान–बिहान टेलिभिजनमा बज्थ्यो । त्यो भिडियो छविजीले पनि हेर्नुभएको रहेछ । उहाँले पनि मलाई ‘वाच’ गरिरहनुभएको रहेछ । त्यस्तै, शंकर बिसी दाइसँग मैले अञ्जु पन्तको ‘म हारेँ’ भन्ने गीतको भिडियोमा अभिनय गर्ने मौका पाएँ । म प्रायः गीतहरूमा आफैँ भावनामा डुबेर आँसु निकाल्ने प्रयास गर्छु ।

त्यो देखेर शंकर बिसीले छविजीलाई एकदमै राम्रो अभिनय गर्ने केटी छ, तपाईंलाई नायिका चाहिएको रहेछ भन्नुभएछ । छविजीलाई चाहिँ ‘लोफर’ चलचित्रका लागि नायिका चाहिएको रहेछ । त्यसपछि छविजीले मलाई बोलाउनुभयो । म ममीलाई लिएर भेट्न गएँ ।मलाई शंकरदाइले छविजीले चलचित्र बनाउन लाग्नुभएको छ, जान्छ्यौ त भन्दा मैले छवि भनेको को हो भनेर सोधेकी थिएँ । किनभने त्यहाँभन्दा पहिला मैले उहाँको नाम सुनेकी पनि थिइनँ । मैले त्यसो भनेको सुनेपछि शंकरदाइ छक्क परेर त्यत्रो चलचित्र बनाउने मान्छे थाहा छैन भनेर गाली गर्नुभएको थियो । अनि मैले अझै पनि नचिनेपछि उहाँले रिसाएर रेखा थापाको बुढो भनेर चिनाउनुभएको थियो । त्यसपछि चाहिँ चिनेँ । पहिलोपटक भेट्दा गफाडीजस्तो लाग्यो पेनड्राइभमा मैले अभिनय गरेका म्युजिक भिडियो र फोटोहरू लिएर गएकी थिएँ, त्यो छविजीलाई देखाएँ । उहाँले सबै हेर्नुभयो अनि ‘लोफर’मा सानो भूमिका छ, हामीले ‘लज्जा’ भन्ने मुभी बनाउँदै छौँ, ४ महिनापछि बोलाउँछौँ भन्नुभयो । मलाई विश्वास लागेन । फेरि मैले फिल्म इन्डस्ट्रीका मानिस गफाडी हुन्छन् भन्ने पनि सुनेकी थिएँ । जसले गर्दा छविजी पनि गफाडी हुनुहुँदो रहेछ भन्ने सोचेँ ।भेट्न बोलाएपछि बिरामी भएको बहाना बनाएँ

त्यसवेला म म्युजिक भिडियोमा एकदमै व्यस्त थिएँ । जसले गर्दा मलाई त्यो चलचित्रको कुनै चाहना नै भएन । तर, चार महिनापछि छविजीको फोन आयो । उहाँले ‘लज्जा’ चलचित्रको निर्देशक आउनुभएको छ एकपटक भेट्नुहुन्छ कि भन्नुभयो । तर, मैले बिरामी भएको बहाना बनाएँ । किनभने मलाई चलचित्रमा अभिनय गर्नु थिएन । पहिला नै चार महिनापछि भनेर पठाइसकेको मान्छे फेरि पनि चार महिनापछि बोलाउने होला, गफ मात्रै बढी हो कि भन्ने लाग्यो । उहाँले मलाई भोलिपल्टका लागि बोलाउनुभयो । मैले बहाना बनाएको भन्ने बुझ्नुभएछ क्यारे ममीबुवालाई लिएर आउँदा हुन्छ भन्नुभयो । त्यसपछि मान्छे ठिकै रहेछ भन्ने लाग्यो । पर्सिपल्ट भेट्न गएँ । त्यही दिन उहाँहरूले मलाई एउटा डायलग बोल्न दिनुभयो । त्यसपछि निर्देशकले डायलग राम्रो लाग्यो फाइनल गरिदिनुस् भनेर निर्देशक नवलदाइले छविजीलाई भन्नुभयो । त्यसपछि लज्जामा अभिनय गर्ने निधो गरेँ जुन मेरो डेब्यु चलचित्र थियो ।छविजीले तिमी मनपर्छ भन्दा मैले मजाक बनाएँ चलचित्रमा अभिनय गर्दै जाँदा छविजीसँगको सम्बन्ध पनि बाक्लिँदै गयो । मेरो सबैसँग जिस्किने बानी थियो । यसरी छविजीसँगै काम गर्दै जाने क्रममा ‘लज्जा’ चलचित्र रिलिज हुनुभन्दा अलिकति अगाडि छविजीले मलाई तिमी एकदमै मनपर्छ भन्नुभएको थियो । अनि मैले पनि हो र ‘थ्यांक यू’ भन्दिएकी थिएँ । मैले त्यसलाई मजाकको रूपमा लिएँ ।

तर, उहाँले चाहिँ सिरियस्ली लिनुभएको रहेछ ।छविजी र रेखाजीलाई पुनर्मिलन गराउन निकै कोसिस गरेँ, तर सकिनँ यसरी उहाँले मलाई मन पराउँछु भनेपछि मैले पनि धेरै कुरा सोच्न थालेँ । किनभने उहाँकै ब्यानरमा १२ वर्ष अभिनय गरेकी रेखा थापा र उहाँ छट्टाछुट्टै बस्नुहुन्छ भन्ने थाहा थियो । कतिपय मानिसले उहाँलाई भेट्न आउँदा रेखाको नराम्रो बानी बताउँथे । अनि रेखासँग गएर छविजीको नराम्रो कुरा सुनाउँथे । जुन कुरा मैले थाहा पाएँ । अनि मैले छविजीलाई धेरै सम्झाएँ । उहाँलाई रेखासँग १२ वर्षको सम्बन्ध भनेको कुनै जोक होइन, तपाईंहरू दुईजनाको एक–अर्कालाई भित्री कुरा सबै थाहा भइसकेको छ ।त्यसैले उहाँसँगै जीवन बिताउँदा राम्रो हुन्छ भनेर धेरै सल्लाह पनि दिएकी थिएँ । यसरी छविजी र रेखाजीको पुनर्मिलन गराउन निकै कोसिस गरेँ । तर, उहाँले मान्नुभएन । यहीक्रममा उहाँले मलाई रेखाजीको सबै बानी भन्नुभयोे । मैले पनि उहाँको बानी बिस्तारै बुझ्दै गएँ । त्यसपछि मलाई पनि मान्छे त छविजी राम्रै हुनुहुन्छ, तर किन रेखाजीले छाडेर गएको होला भन्ने लाग्न थाल्यो । अब रेखासँग पुनर्मिलन हुँदैन हाम्रो बिहेको कुरा चल्नुभन्दा पहिला उहाँको रेखाजीसँग पुनर्मिलन होस् भन्ने धेरै चाहना थियो । तर, अबचाहिँ त्यस्तो चाहना राख्दिनँ । किनकि अब उहाँ रेखासँग नजिकिनुभयो भने मलाई गाह्रो पर्छ ।

किनकि हाम्रो विवाहको बारेमा बुवाममीसँग पनि कुरा पुगिसक्यो । फेरि मैले धेरै सोचेर बुवाममीसामु छविसँगको विवाहको कुरा पु¥याएकी हुँ । छविजीलाई अझै पनि रेखाजीको माया छ र मलाई नखुलाएको हो भने मसँग विवाह नगर्दा हुन्छ । तर, अब छविजीको रेखासँग पुनर्मिलन हुँदैन भन्नेमा पनि ढुक्क छु ।रेखा र छविजीको फोनमा कुरा हुन्छ यति हुँदाहुँदै पनि छवि र रेखाजीको अहिले पनि कुनैकुनै वेला फोनमा कुराकानी हुन्छ । उहाँले रेखाजीलाई अहिले पनि व्यावसायिक रूपमा निकै सहयोग गर्नुहुन्छ । पर्सनलभन्दा पनि व्यावसायिक कुरा नै हुने गरेको सुन्छु । यसरी प्रोफेसनल ढंगले कुराकानी हुँदा मेरो कुनै पनि गुनासो छैन । उहाँले रेखासँग कुरा गर्दा म सँगै हुन्छु । रेखालाई त मैले केटाकेटीजस्तो हुर्काएर यहाँसम्म ल्याएको हुँ । त्यसैले म उसलाई व्यावसायिक रूपमा साथ दिन्छु, तर व्यक्तिगत जीवनबाट भने म उसबाट टाढा भइसकेँ भन्नुहुन्छ ।मलाई छविजीको हरेक पक्ष मन पर्दैै गयो चलचित्रमा काम गर्दै जाँदा ‘हवल्दार सुन्तली’को अभिनय गर्ने वेलासम्म पुग्दा उहाँले मलाई माया गर्नुहुन्छ भन्ने लाग्न थाल्यो । त्यसवेलासम्म मैले पनि उहाँलाई राम्रोसँग बुझ्ने मौका पाएँ । यसरी मलाई छविजीको हरेक पक्ष राम्रो लाग्न थाल्यो । मान्छे राम्रो लागेपछि मन पनि मिलिहाल्दोरहेछ । अनि हामी दुई एक–अर्कालाई माया गर्न थाल्यौँ ।जब विवाहको प्रस्ताव राख्नुभयो‘यसरी दुवैजना मायामा डुब्दै गएपछि गत वर्ष किस्मत–२ चलचित्रको समयमा छविजीले विवाहको प्रस्ताव राख्नुभयो । गम्भीर भएर ‘म तिमीलाई साँच्चिकै माया गर्छु, मसँग विवाह गछ्र्यौ’ भन्नुभयो । मैले सोच्नुपर्छ भनेँ ।

ममीले ३० वर्ष जेठो भनेपछि झसंग भएँ यसरी छविजीले मलाई विवाहको प्रस्ताव राखेपछि मैले घरमा गएर ममीसँग कुरा गरेँ । ममी छक्क पर्नुभयो । ममीले तँभन्दा छवि कति वर्ष जेठो छ थाहा छ तँलाई भन्नुभयो । ममीले विवाह गर्ने भनेको कुनै जोक होइन, छविजी तँभन्दा ३० वर्ष जेठो हुनुहुन्छ भन्नुभयो । एकछिन त म झसंग भएँ ।छविलाई भेटेपछि बुवाममीको आँखाभरि आँसु ममीले छविजीको उमेरबारे बताउनुभयो । त्यसपछि भोलिपल्ट फेरि अफिस गएँ । छविजीले के सोच्नुभयो त भन्नुभयो । मैले ममीबुवासँग सल्लाह गरेको छैन भनेर झुट बोलेँ । एक हप्तासम्म यसरी नै टारेँ । उहाँले एक हप्तापछि फेरि सोध्नुभयो । यसका साथै फेरि उहाँले ‘म त तपाईंसँग विवाह गर्ने कुरामा गम्भीर छु, विवाह गर्ने भए गरौँ’ भन्नुभयो । मैले ‘हुन्छ फेरि म एकपटक राम्रोसँग कुरा गर्छु’ भनेँ । फेरि घरमा गएर ममीसँग ‘म त छविसँग बिहे गर्छु, उमेरले केही फरक पर्दैन, मान्छे राम्रै छ, ठिकै छ मलाई त राम्रै लाग्छ’ भनेँ । ममीले ‘तेरो जिन्दगी हो, तँ आफैँ सोच’ भन्नुभयो ।मैले ‘सोचिसकेँ, तपाईंहरूको निर्णय मात्र कुरेकी हुँ’ भनेँ । त्यसपछि बुवाममीले नै ‘ठिकै छ नि त उसो भए छविजीलाई बोला न त, हामी पनि कुरा गर्छौँ’ भन्नुभयो । अनि मैले छविजीलाई खाना खाने गरी बोलाएँ । छविजी मेरो घरमा आउनुभयो । मचाहिँ केही कामले २–३ घन्टा बाहिर निस्किएँ । घर आउँदा छविजी निस्किसक्नुभएको रहेछ । ‘छविजीसँग के कुरा भयो त’ भनेर ममीलाई सोधेँ । उहाँले ‘मान्छे त ठिकै हो, तर उमेरले त गाह्रो बनाउँछ, एकपटक अझै पनि सोच’ भन्नुभयो ।

त्यसवेला बुवाममीको आँखाभरि आँसु भरिएको थियो । त्यसपछि मलाई पनि गाह्रो भयो ।बुवाममीले स्वीकृति दिइसक्नुभयो, अब विवाह गर्छौँ त्यसपछि मैले बुवाममीलाई सम्झाउँदै ‘मलाई यही क्षेत्रमा जिन्दगी बिताउनु छ, मलाई चलचित्रको नराम्रोसँग लत लागिसकेको छ, अब म यो क्षेत्र छाडेर कहीँ पनि जान सक्दिनँ, म यही इन्डस्ट्रीमा केही गर्न चाहन्छु’ भनेँ । ‘चलचित्र क्षेत्रमा कस्ताकस्ता नराम्रा मानिस छन्, तर हात थाम्ने एकजना मान्छे त चाहिन्छ नि, त्यसैले मलाई सहारा दिने मान्छे छ भने म उसैसँग बिहे गर्छु’ भनेँ । त्यसपछि बुवाममीले ‘तँलाई जे उचित लाग्छ त्यही गर’ भनेर स्वीकृति दिनुभयो । त्यसैले अब विवाह गर्छौँ ।गत वर्ष ज्योतिषीका कारण विवाह भएन हाम्रो एकजना गुरु हुनुहुन्छ । उहाँलाई घरमा बोलाएर ज्योतिष हेरायौँ । उहाँले ‘अहिले विवाह गर्न राम्रो छैन, राम्रो समय आएपछि आफैँ भन्छु’ भनेर भन्नुभयो । यसरी ज्योतिषीकै कारण गत वर्ष हाम्रो विवाह नभएको हो । तर, बुवाममी मेरो विवाहका लागि तयार भइसक्नुभएको छ ।लज्जा प्रमोसनको वेला विवाहको हल्ला चलाएकै हो जतिवेला चलचित्र रिलिज डेट नजिकिँदै जान्छ, तब हाम्रो विवाहको हल्ला पनि चल्दै जान्छ । कतिपयले त ‘दर्शकको ध्यान आफ्नो चलचित्रतर्फ खिच्नका लागि विवाहको चर्चा बाहिर ल्याएका हुन्’ पनि भने । तर, त्यस्तो होइन । हामीले ‘लज्जा’ चलचित्रको प्रमोसनका लागि चाहिँ छवि र मेरोबीचको विवाहको हल्ला जानीजानी चलाएका थियौँ ।

तर, त्यसवेलामा मैले निर्माता र नायिकाको सम्बन्धको रूपमा मात्र लिएकी थिएँ । उहाँले चाहिँ ‘म मन प¥यो’ भन्नुभएको थियो । उहाँ सिरियस हुनुभएको रहेछ । मैलेचाहिँ हावामा उडाइदिएकी थिएँ । छविले गल्ती सुधार्नुभयो भने हाम्रो सम्बन्धविच्छेद हुँदैन छविजीले अहिलेसम्म तीनवटी श्रीमतीसँग जीवन बिताइसक्नुभएको छ । रेखाजीसँग सम्बन्धविच्छेद भएको कुरा त अझै पनि ताजै छ । तर, अब छविजीको जीवनमा म जाँदै छु । त्यसैले कतिपयले मेरो र छविको सम्बन्ध दिगो होला र भन्ने शंका पनि गर्छन् । त्यो स्वाभाविक नै हो । तर, म छविको श्रीमती भएर गइसकेपछि मेरोतर्फबाट मैले निभाउनुपर्ने भूमिका राम्रोसँग पूरा गर्छु । उहाँले पनि विगतमा के कारणले श्रीमतीसँग छुट्टिएर बस्नुप¥यो, के कारणले मनमुटाव भयो, आफूले के गल्ती गरेँ, के कारणले श्रीमतीहरू टाढा भए भन्ने कुरा राम्रोसँग सोच्नुपर्छ । यसरी उहाँले नकारात्मक पक्षलाई सोचेर सुधार्नुभयो भने उहाँको र मेरो सम्बन्ध दिगो रहन्छ जस्तो लाग्छ । त्यसैले मैले अहिले पनि उहाँलाई राम्रोसँग सोच्नुस् भनिरहेकी छु ।

उहाँको मन मेरो जस्तै तन्नेरी छविजी र मेरो विवाहको कुरा चल्न थालेपछि बुवाममीले ‘३० वर्षको उमेर फरक छ’ भन्दा मेरो मनमा चिसो पसेको थियो । तर, मैले छविजीलाई भित्रैबाट बुझेकी छु । उमेरमा जति नै फरक भए पनि सबैसँग घुलमिल हुन सक्ने उहाँको बानी छ । त्यसैले अहिले त मभन्दा ३० वर्ष जेठो हुनुहुन्छ भन्ने अनुभव नै हुँदैन । कतिपयले छविजी बुढो हुनुभयो भन्छन् । तर, मलाईचाहिँ बुढो हुनुभयो जस्तो लाग्दैन । साँच्चै भन्दा उहाँको उमेर धेरै भयो होला, मन मेरै उमेरको जस्तो तन्नेरी लाग्छ । हाम्रो विवाहको हल्ला गत साल पनि चलेको थियो । अहिले मंगलम् चलचित्रको रिलिज डेट नजिकिएसँगै हाम्रो विवाहको चर्चा चुलिँदै गएको छ । हाम्रो विवाहको कुरा चलचित्र प्रमोसनका लागि होइन । अब हामीले विवाह गर्ने पक्का भइसकेको छ । मिति तय गर्न मात्र बाँकी हो । लिभिङ टुगेदर हल्ला मात्र हाम्रो सम्बन्धको चर्चा चल्दै गएपछि हामी लिभिङ टुगेदरमा छौँ भन्ने कुरा पनि बाहिर आए, तर त्यो आफैँमा हल्ला मात्र थियो । त्यस्तै, चलचित्र ‘लज्जा’कै समयमा पनि ‘शिल्पा त ६ महिना छवि ओझासँग बसेको रे’ भन्ने हल्ला चल्यो । विवाह नगरी म किन छविसँग गएर बस्ने र रु यी सबै हल्ला हुन् ।

छविको केटाकेटी पारामा सम्झाउने बानी मनपर्छ छविजी बुढो मानिससँग बुढै अथवा पाकै व्यवहार गर्नुहुन्छ । त्यस्तै, केटाकेटीसँग पनि त्यस्तै शैलीमा व्यवहार गर्नुहुन्छ । उहाँको केटाकेटीजस्तो पाराले सम्झाउने बानी एकदमै मनपर्छ । उहाँको सबैसँग घुलमिल गर्न सक्ने क्षमता छ । त्यस्तै, चलचित्रको सुटिङमा पनि सबैलाई समान व्यवहार गर्नुहुन्छ । उहाँले चलचित्रबारे गहिरो अध्ययन गर्नुभएको छ । तर, कुनै चलचित्र निर्माण गर्दा हामीसँग पनि सल्लाह गर्नुहुन्छ । मलाई उहाँको त्यो बानी असाध्यै मनपर्छ ।अरूको अघि कराउने बानी मन पर्दैन कहिलेकाहीँ कुनै काम बिग्रियो भने सबैको अघि कराउनुुहुन्छ । उहाँको त्यो बानीचाहिँ मन पर्दैन । तर, पछिचाहिँ त्यही नै सही लाग्छ । किनभने उहाँले कराएको त हाम्रै लागि रहेछ भन्ने महसुस हुन्छ । कहिलेकाहीँ हामीले भनेको कुरा सुन्न चाहनुहुन्न, तिमीहरूले मलाई सिकाउने भन्ने ठान्नुहुन्छ ।इन्गेजमेन्ट र विवाह एकैदिन गर्छौँ हाम्रो परम्पराअनुसार कतिपयले विवाह र इन्गेजमेन्ट छुट्टाछुट्टै गर्ने चलन छ । तर, मचाहिँ इन्गेजमेन्ट नगर्ने सोचमा छु । विवाह र इन्गेजमेन्ट एकैदिन गर्ने हो ।तीन वटी श्रीमतिसँग मिलेन शिल्पालाई छाड्दिनँ (छवि ओझा, निर्माता)कतिपयले ‘उमेरको कारणले विवाह हुन असम्भव छ’ भनेको पनि सुन्छु । उमेरले विवाह गर्ने होइन । कसैलाई माया गर्ने, विवाह गर्ने भनेको त मनले हो ।

मेरो जन्म ०२१ मा धरानमा भएको हो । बाल्यकाल धरानमै बित्यो । म बुवाआमाको कान्छो सन्तान थिएँ । मैले औपचारिक शिक्षा पनि धरानबाटै लिएँ । धरानमा हाम्रो घरनजिकै एउटा शिव सिनेमा हल छ । स्कुल जाँदा, आउँदा त्यही हलअघिको बाटो हिँड्नुपथ्र्यो । जसले गर्दा मलाई सिनेमाप्रतिको मोह बढ्दै गयो । त्यसवेला म एउटै फिल्म नौपटकसम्म हेर्थेँ । त्यो हलसाहुका छोराहरू दुवैजना मेरा साथी थिए । जसले गर्दा मलाई फिल्म हेरेको पैसा पर्दैनथ्यो । त्यतिवेला हिन्दी फिल्म धेरै हेरिन्थ्यो । कट्टिहार र कलकत्ताबाट फिल्म आउँथ्यो । फिल्म बुक गर्ने क्रममा कट्टिहार, कलकत्तासम्म पनि गएँ । यसरी बिस्तारै चलचित्रमा चासो झन् बढ्दै गयो ।पढाइतर्फ त्यति धेरै चासो नभए तापनि मैले ०३७ मा एसएलसी दिएँ । तर, फेल भएँ । त्यसपछि हलको भित्र क्यान्टिन पनि चलाएँ । त्यो पनि केही समयपछि बन्द गरेर हिन्दी फिल्मको डिष्ट्रिब्युसनतर्फ लागेँ । त्यसका लागि धनलक्ष्मी फिल्म्स भन्ने एउटा अफिस खोल्यौँ । जुन अफिस इटहरीमा थियो । विभिन्न जिल्लामा गएर हिन्दी फिल्म चलाउथेँ । यही सिलसिलामा काठमाडौं आएँ । त्यहीक्रममा कुमारी हलमा निर्देशक दीपक रायमाझीसँग भेट भयो । उहाँले ‘नेपाली चलचित्रको पनि डिष्ट्रिीब्युसन गर न’ भन्नुभयो ।

मलाई पनि यो काम गर्ने इच्छा भयो । अनि भाग्यरेखा चलचित्रका लागि वल्र्ड राइज्ड किनेँ । तर, त्यो सिनेमा त्यति राम्रो चलेन । त्यसपछि दीपकदाइसँग अब फिल्म बनाऔँ भनेँ । त्यसपछि मैले एउटा कन्सेप्ट सुनाएँ । त्यो कन्सेप्ट उहाँले मन पराउनुभयो । अनि ०४६ मा ‘युगदेखि युगसम्म’ चलचित्र निर्माण गरँे । यसरी नेपाली चलचित्रमा मेरो पाइला अघि बढ्यो । यही चलचित्रबाट महानायक राजेश हमालले पनि डेब्यु गरेका थिए ।१९ वर्षमा बिहे गरेँ, १० वर्षमै छुट्यो जिन्दगी चलाउने क्रममा धेरै चरण पार गर्र्दै जानुपर्ने रहेछ । त्यसमध्येको एउटा महŒवपूर्ण चरण भनेको विवाह हो । चलचित्र क्षेत्रमा आउनुभन्दा पहिला १९ वर्षकै उमेरमा विवाह गरिसकेको थिएँ । यही क्रममा दुई छोराको जन्म भयो । तर, मेरो पहिलो श्रीमतीसँग विस्तारै सम्बन्ध नराम्रो बन्दै गयो । उनीसँग मनमुटाव हुन थालेपछि ०४९ मा छुट्टियौँ । मेरो छोराहरूसँग रामै्र सम्बन्ध छ । इटहरी गएको वेलामा कहिलेकाहीँ जेठी श्रीमतीसँग पनि भेट हुन्छ, राम्रैसँग बोलचाल हुन्छ । तर, हामी कानुनी रूपमा छुट्टिइसकेका छौँ ।साकार २ वर्षको हुँदा गीताञ्जलीले आत्महत्या गरिन् यही क्रममा मैले ‘नाता’ चलचित्र बनाएँ । त्यो चलचित्र विश्व बस्नेतले निर्देशन गर्नुभएको थियो ।

उहाँले त्यहाँभन्दा पहिला ‘अन्याय’ चलचित्रमा गीताञ्जलीलाई अभिनय गराउनुभएको रहेछ । ‘नाता’ चलचित्रबाटै श्रीकृष्ण श्रेष्ठले पनि डेब्यु गरेका हुन् । त्यस्तै, सो चलचित्रमा नायिका गीताञ्जलीलाई अभिनय गराउने कुरा भयो । यही क्रममा गीताञ्जलीसँग भेट भयो । अफिस अनि चलचित्र सुटिङको दौरानमा भेट हुँदै जाँदा मलाई गीताञ्जली मन पर्दै गइन् ।त्यसवेला म पनि जेठी श्रीमतीसँग अलग्गै भएको अवस्था थियो । मैले गीताञ्जलीलाई विवाहको प्रस्ताव राखेँ । उनले स्विकारिन् अनि ०५१ मा हामीले विवाह ग¥यौँ । विवाह गरेको २ वर्षपछि छोरा साकार जन्मियो । साकार जन्मिएपछि हामीबीच मनमुटाव सुरु भयो । उनले डिभोर्स माग्न थालिन् । मैले दिएँ । तर, विश्वदाइ र उनकै दिदीले सम्झाएपछि हामी डिभोर्स गरे पनि फेरि सँगै बस्न थाल्यौँ । त्यसपछि उनले आत्महत्याको निकै प्रयास गर्न थालिन् । मैले धेरैपटक जोगाएँ । अन्ततः एक दिन बाथरुममा झुन्डिएर आत्महत्या गरिन् । जुन वेला साकार २ वर्षका थिए ।यसरी भयो रेखासँग विवाह गीताञ्जलीले आत्महत्या गरेपछि मैले हिन्दी चलचित्रको काम गर्न थालेँ । त्यसवेला नेपाली फिल्म बनाउन छाडेको थिएँ । २ वर्षजति हिन्दी, नेपाली फिल्मको डिष्ट्रिब्युसन गरेपछि निर्देशक नरेश पौडेलसँग ‘हिरो’ चलचित्र बनाउने निधो भयो । त्यही क्रममा रेखाजीसँग भेट भयो । म पूर्वतिर जाँदा पनि उहाँको नाम सुनिरहन्थेँ । एकजना अविराजभाइले पनि मलाई रेखाको बारेमा बताउनुभएको थियो । यसरी विभिन्न ठाउँबाट रेखाको बारेमा कुरा आइरहेको थियो, तर मैले रेखासँग प्रत्यक्ष रूपमा भेट्न पाएको थिइनँ ।

त्यसवेला हामीले ‘हिरो’ चलचित्रका लागि सज्जा मैनालीलाई लिने कुरा थियो । यही क्रममा सज्जा मैनालीलाई हेर्न सागर ढुंगेलको घरमा जाँदा कान्तिपुरमा रेखा थापाको फोटो देखेँ । अनि मैले नरेशजीलाई पनि त्यो फोटो देखाएँ । त्यसपछि रेखालाई हेर्ने कुरा भयो । त्यसवेला रेखा काठमाडौंमा दिदीको घरमा बस्थिन् । एकजना भाइले उनलाई हामीसँग भेट गराइदिने कुरा गरे । भोलिपल्ट रेखालाई लिएर आए । रेखालाई देखेपछि राम्रो लाग्यो अनि ‘हिरो’ चलचित्रका लागि साइन ग¥यौँ । त्यसपछि उनलाई ६ महिनाजति ट्रेनिङ गरायौँ ।०५७ मा चलचित्रको सुटिङ सकियो । मलाई रेखा मन पर्न थाल्यो । विवाहको प्रस्ताव राखेँ । उनले मसँग ६ महिनाको समय मागिन् । ६ महिनापछि उनले बुवासँग भेट गराइन् । हामीले बानेश्वरको बेकरी क्याफेमा भेटेर कुराकानी गरेका थियौँ । बुवाले रेखासँग ठिकै लाग्यो भन्नुभएछ । त्यसपछि ०५७ को अन्तिममा विवाह भयो । विवाह गर्नुभन्दा पहिला मेरो जीवनको बारेमा सबै बताएको थिएँ ।रेखाको घमन्डले हामीलाई अलग्यायो रेखासँग जिन्दगी बिताउँदै जाँदा उहाँ बिस्तारै स्टार हुन थाल्नुभयो ।

र, दिनप्रतिदिन व्यस्त । उहाँले मसँग हुँदा नै डेढ सयभन्दा धेरै सिनेमामा अभिनय र ५० वटा देश घुमिसक्नुभएको थियो । जसले गर्दा उहाँले बिस्तारै मैले भनेको मान्न छाड्नुभयो । त्यो एउटा समयको माग पनि थियो होला । पहिलोपटक रेखालाई भेट्दा उहाँको चञ्चले बानी असाध्यै राम्रो लागेको थियो । तर, पछि उहाँमा घमन्डपन आयो, उहाँ मान्छेलाई मान्छे नगन्नेसम्मको हुन थाल्नुभयो । म उहाँलाई धेरै सम्झाउँथेँ । तर, उहाँको घमण्डीपनाले नै हामीलाई अलग्यायो जस्तो लाग्छ । साथै, उहाँको परिवारलाई पनि मेरो छोरी, मेरो बहिनी नै सबै चिज हो छवि ओझा केही पनि होइन भन्ने पनि लाग्यो होला ।अन्दाजको सुटिङमा थर्काएपछि बोलचाल बन्द अन्दाज फिल्मको जोमसोममा सुटिङ थियो । त्यसवेला रेखालगायत सबैलाई प्लेनमा पठाएर मचाहिँ गाडीमा गएको थिएँ । निकै कठिनले जोमसोम पुगेँ । मैले काठमाडौंबाहिर थुप्रै चलचित्र सुटिङ गरेँ । यसरी रेखा र म चलचित्र सुटिङका लागि जाँदा छुट्टाछुट्टै कोठामा बस्थ्यौँ । त्यसवेला पनि उनलाई डिस्टर्भ हुनुहुन्न भनेर छुट्टै कोठा दिएका थियौँ । भोलिपल्ट बिहान निर्देशकले ९ बजे नै रेखालाई तयार गर्नु भन्नुभएको थियो । मैले बिहान उनलाई उठाएर गएँ ।फर्केर आउँदा साढे ९ भइसकेको थियो । उहाँसँगै जीवन लुइँटेल, सविन श्रेष्ठ पनि हुनुहुन्थ्यो । मैले आएर ल गाडीमा जाऔँ भनेँ ।

तर, रेखाले ‘मैले त खाजा नै खाएकी छैन’ भनेर गनगन गर्न थाल्नुभयो । मेरो रिसले पारो तात्यो । उहाँलाई ‘मैले बिहानै उठेर खाजा खानु भनेर सबै मिलाएर गएको होइन, तँ खेलाँची गर्ने, तँ स्टार, तँ छवि ओझाभन्दा पनि स्टार हो’ भनेर नराम्ररी झपारेँ । यसरी गाली गरेर म निस्किएँ । अनि नेपाल वायुसेवा निगमको टिकट काट्ने ठाउँमा गएर बसेँ । अबचाहिँ फिल्म नै रोकियो भन्ने सोचेँ । तर, रोकिएन । त्यसपछि हाम्रो बोलचाल बन्द भयो ।एउटै कोठामा बसियो, तर बोलचाल भएनयही निहुँमा बोलचाल बन्द भए पनि एउटै कोठामा ६ महिना बसियो । ६ महिना बोलचाल नभएपछि उहाँ माथि कोठामा सर्नुभयो । यसरी बोलचाल नभइनभई नै ‘रावण’ फिल्म खेलाएँ । ०६८ मा ‘रावण’ सकिएपछि उहाँले ‘अम्बे’मा सर्ने निधो गरिसक्नुभएकोे रहेछ । त्यसपछि उहाँ ‘अम्बे हाउस’मा सर्नुभयो । लेनदेनको कुरा आयो । मेरो गौरीघाटको घर उहाँकै नाममा थियो । त्यसवेलामा गाडी पनि मैले नै किनिदिएको थिएँ । उनले त्यो दुवै चिज मलाई नै फर्काइदिइन् । त्यसपछि हामीले अंशबन्डा ग¥यौँ । तर, डिभोर्सचाहिँ ०७३ मा गरेका हौँ ।अहिले सम्बन्ध राम्रो छ अंशबन्डा भइसकेपछि मैले ‘हमेशा’ भन्ने चलचित्र बनाउने तयारी गरेँ । त्यसका लागि नायिका खोजिरहेको थिएँ । त्यसवेला उहाँले मलाई फोन गरेर ‘हमेशा’मा म अभिनय गर्छु भन्नुभयो । मैले ल खेल्न आउनुस् भनेँ । उहाँले ‘काली’ चलचित्र बनाउनुभयो । ‘काली’ बनाउने वेलामा पनि मिलेर बनाऊँ भन्नुभयो । मैले हुन्छ भनेर सँगै ‘काली’ चलचित्र बनायौँ । त्यसैले छुट्टै भएपछि हाम्रो शारीरिक सम्बन्ध र पारिवारिक सम्बन्ध मात्र नभएको हो । अरू सम्बन्ध त अहिले पनि राम्रो छ । उहाँको चलचित्र रिलिज हुने समयमा मैले सहयोग गरिरहेकै हुन्छु । जे होस्, चलचित्रको विषयमा सल्लाह हुन्छ । तर, व्यक्तिगत रूपमा भने कहिल्यै सल्लाह हुँदैन ।

शिल्पासँगको भेट

यसरी व्यक्तिगत रूपमा रेखासँग अलग्गै भएपछि सिनेमा बनाउने क्रममा मेरो भेट शिल्पा पोखरेलसँग हुन गयो । मलाई शंकर बिसीले शिल्पासँग भेट गराउनुभएको थियो । त्यसवेला मैले ‘लोफर’ चलचित्रका लागि नायिका खोजिरहेको थिएँ । अनि शंकरले त्यो कुरा थाहा पाएर मलाई ‘रेखाजस्तै एउटी मोडल छिन्, हेर्नुहुन्छ’ भन्नुभयो । त्यसवेला एक साप्ताहिकमा शिल्पाको फोटो आएको थियो । त्यो फोटोका साथै उहाँको म्युजिक भिडियो पनि हेरँे । मैले उहाँको फोटो निर्देशकलाई पनि देखाएँ । अनि शंकर बिसीले शिल्पाजीलाई ल्याउनुभयो । मैले शिल्पालाई ४ महिनापछि बोलाएँ । त्यसपछि उहाँलाई पनि टे«निङ गराइयो । त्यसपछि ‘लज्जा’ चलचित्रमा साइन ग¥यौँ । त्यसपछि नको र मेरो हिमचिम बढ्न थाल्यो ।यसकारण मलाई शिल्पा मनपर्छबिस्तारै मलाई उनी मनपर्न थाल्यो । मलाई उनको आँखा असाध्यै मनपर्छ । उनको बोलीचाली पनि निकै मनपर्छ । उनले मेरो ब्यानरमा चारवटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । यो अवधिमा उनले राम्रो काम गरेकी छिन् । साथै, चलचित्र पनि राम्रै चल्यो । उनी कामप्रति निकै उत्तरदायी छिन् । सबै कुराले शिल्पाको राम्रै छ ।विवाह पक्कै गर्ने हो म एक्लै भएको हुनाले राम्रो मान्छे पाए हुन्थ्यो भन्ने चाहना थियो । जसले गर्दा मैले शिल्पालाई विवाहको प्रस्ताव राखेँ । हामीले गत वर्ष नै विवाहको तयारी गरेका थियौँ । मैले उनको परिवारसँग पनि स्वीकृति लिइसकेँ । दर्शकले जहिले पनि चलचित्र रिलिजको कुरा आउँदा यिनीहरूको विवाहको हल्ला आउँछ भन्छन् ।

तर, चलचित्र बिकाउनका लागि विवाहको हल्ला गरिएको होइन । अब हामीले विवाह गर्ने पक्का भइसक्यो ।शिल्पासँग डिभोर्स गर्दिनँ मैले यहाँभन्दा पहिला तीनवटी श्रीमतीसँग जिन्दगी बिताएँ । तर, तीनैजनासँग राम्रो घरजम हुन सकेन । जोकोहीले पनि एक–अर्कासँग सम्बन्ध गाँस्ने भनेको मन मिलेपछि मात्र हो । झगडा गरिराख्ने हो भने दुवैको जिन्दगी बर्बाद गरेर बस्नु राम्रो होइन । अब शिल्पाजी र म विवाहबन्धनमा बाँधिँदै छौँ । यसका साथै उहाँले मलाई करिब ५ वर्ष त अध्ययन गरिसक्नुभयो । उहाँले मेरो बानीबारे थाहा पाइसकेर मसँग विवाह गर्न लाग्नुभएको छ । मैले पनि उहाँलाई राम्रोसँग चिनेको छु । भोलिका दिनमा हामी दुईमा कुनै कमी–कमजोरी भयो भने सुधारेर अघि बढ्छौँ । तर, शिल्पासँग सम्बन्धविच्छेदचाहिँ गर्दिनँ । कतिपयले उमेरको कारणले विवाह हुन असम्भव छ भनेको पनि सुन्छु । उमेरले विवाह गर्ने होइन । विवाह, कसैलाई माया गर्ने भनेको त मनले हो ।शिल्पाको रिसाउने बानी मन पर्दैन मलाई शिल्पाजीको सबै बानी मनपर्छ, तर उहाँ छिट्टै रिसाउनुहुन्छ । उहाँको त्यो बानी मलाई फिटिक्कै मन पर्दैन ।

The post प्रेम दिवशकै दिन फाईनल गरे छवि र शिल्पाले बिहेको मिति के यो छविको चौथो बिहे सफल होला ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EFwSKQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top