Photo of Milford Sound in New Zealand

काठमाडौं । चर्चित नृत्याङ्गना निलम ढुंगानाको पतिसँग सम्बन्ध बिच्छेद भएको छ । एक खुट्टाको सहाराले सवलाङ्ग सरह उत्कृष्ट नृत्य गरेर निलमले देश विदेशमा ख्याती कमाएकी छिन् । संयोग पनि कस्तो परेको छ भने प्रणय दिवसको सेरोफेरोमा निलमको जोडी बिच्छेदमा पुगेको छ ।

निलम र उनका पति बलराम बस्नेतबीचको १० बर्ष लामो बैबाहिक सम्बन्ध तोडिएको हो । उनीहरुको एक छोरी छन् ।

निलम ६ महिनाकी छोरीसहित अहिले माइतीमा बस्दै आएकी उनी निकट एक कलाकारले जानकारी दिए ।

निकट स्रोतका अनुसार सम्बन्ध विच्छेदका लागि निलमको जिल्ला अदालत मोरङमा निवेदन परेको थियो ।

निलमले अदालतमा पेस गरेको निवेदनमा सम्बन्ध बिच्छेद गर्न पर्नुका कारणबारे यी विवरणहरू खुलाएकी छन्ः

-आफु कलाकारिताको सिलसिलामा बाहिरी समाजसंग घुलमिल हुन आवश्यक रहेको तर आफ्नो श्रीमानको अत्यन्तै शंका गर्ने बानी र संकिर्ण सोच भएको कारण साधारण कुराहरुमा समेत आफ्नो गम्भीर रुपमा अपमान हुने ब्यबाहार गरेको

-श्रीमानले आफुलाई काम गर्न नदिएको, अनावश्यक दवाव संगै मानसिक तनाव दिएको र घर निकाला गरेको साथै विभिन्न तरिकाबाट धम्क्याउने गरेको,

-पतिको गलत रवैया र व्यवहारका कारण ज्यान जोखिममा रहेको, लगायतका आरोप निलमले पतिमाथि लगाएकी छन ।

सबै तस्बिर निलमको फेसबुकबाट ।dcnepal

The post एक खुट्टाको सहारामा नाच्ने निलमको डिभोर्स, पति र छोरीसँगका पल (फोटोहरु) appeared first on Taja nepali news.

http://ift.tt/2G4rqOM

from SHYANE http://ift.tt/2sminGT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top