Photo of Milford Sound in New Zealand

वीरगञ्ज, माघ १८ । अखिल (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले वीरगञ्जको छपकैया लगायतका ७१ ठाउँमा भारतले सीमा मिचेको दाबी गरेका छन्।

बस्नेतले कालापानी र सुस्ता बाहेक सबैतिर सीमा विवाद मिलेको भन्ने सरकारी दाबी कुनै हालतमा मान्न नसकिने जिकिर गरे। नापी विभागले कालापानी र सुस्ता बाहेक अन्यत्रको सबै विवाद अन्त्य भएको दाबी गर्दै आएको छ।

अखिल(क्रान्तिकारी) पर्सा जिल्ला समितिद्वारा वीरगञ्जमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष बस्नेतले भने -‘भारतले अझैपनि ७१ ठाउँमा सीमा मिचेको छ। यसरी सीमा मिचेको कुरालाई लुरुलुरु सदर गरेर विवाद मिल्यो भन्नू सरासर राष्ट्रघात हो।’

कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय सचिव डिबी साउद र सचिव एवं २ नं.प्रदेशका संयोजक सूर्यनारायण शाहले राष्ट्रियताको आन्दोलनमा युवा विद्यार्थी सदैव अग्रभागमा रहने बताए। अखिल(क्रान्तिकारी) र अनेरास्ववियु केही दिन अघि वीरगञ्जको छपकैया पुगेर स्थलगत प्रतिवेदन तयार गरि प्रधानमन्त्री शेरबहादुर देउबालाई बुझाएका थिए।
elivenepal

The post नेपालको सिमा यति धेरै मिचिएको रहेछ, प्रमाणित गरेरै छाड्यो अनेरास्ववियु टिमले (पुरा विवरण हेरी शेयर गर्नुहोस्) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BPhx4I
via IFTTT

0 comments:

Post a Comment

add

 
Top