Photo of Milford Sound in New Zealand

काठमाडौं – नायिका स्वेता खड्काले सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माण गर्ने औपचारिक घोषणा गरेकी छिन् । स्वेता श्री फाउण्डेशनको तर्फबाट स्वेताले मंगलबार ‘कान्छी म्युजिकल नाइट’ कार्यक्रममा बस्ती निर्माणको घोषणा गरेकी हुन् ।

‘शुभकार्य श्रीगणेशको नामबाट गरिन्छ, श्रीकृष्ण श्रेष्ठको नाममा समर्पित गर्दछु’, ‘सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदी किनारका ५६ घर माझीका लागि एकीकृत बस्ती बनाउने घोषणा गर्दछु ।’

स्वेताले सुन्दर, शान्त र विकसित बस्ती निर्माणका लागि देश विदेशमा रहेका नेपालीबाट सहयोगको अपेक्षा गरेको बताइन् । ‘पहिलो काम रकम संकलन हो । सुन्दर, शान्त र विकसित बस्ती निर्माणका लागि देश विदेशमा रहेका नेपालीको योगदान रहन्छ भन्ने विश्वास छ’, उनले भनिन्।

नायिका खड्काले सबैले गौरव गर्न लायक बस्ती बनाउने बताइन् । एक वर्षअघि माझी बस्तीमा पुग्दा त्यहाँको पीडा देखेर आफूले त्यही बस्ती निर्माण गर्ने सोच बनाउनेको स्वेताले प्रष्ट पारिन् ।
‘पैसा भएर निर्माणको घोषणा गरेकी होइन् । सामाजिक कामका लागि धन मात्र भएर हुँदैन मन र तन हुनुपर्छ’, नायिका खड्काले भनिन्, ‘आँट र साहस भए हिमाल पनि फुटाउन सकिन्छ ।’

बस्तीमा निर्माण हुने सबै घर उस्तै र एउटै रङका हुनेछन् । एकीकृत बस्तीलाई खुला होमस्टेको रुपमा विस्तार गर्ने उनको भनाइ छ । ‘बस्ती स्वेताको होइन, तपाईं हामी सबैको हो । काम गर्दा आइपर्ने समस्यासँग डठराउदिन किनकी म एक्लै छैन’, उनले भनिन्, ‘हामी घर होइन, बस्ती हस्तान्तरण गर्दै छौँ । हामी बस्ती माझीलाई होइन, स्थानीय सरकारलाई हस्तान्तरण गर्दै छौँ ।’

स्वेताश्री फाउण्डेसनको सल्लाहकारमा वसन्त श्रेष्ठ, प्रेम खत्री, आकाश अधिकारी, शेरबहादुर केसी, नरेस भट्टराईलगायत रहेका छन्।

The post स्वर्गीय पति श्रीकृष्णको नाममा एकीकृत बस्ती निर्माण गर्दै स्वेता खड्का appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FRCzT5
via IFTTT
06 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top