Photo of Milford Sound in New Zealand

काठमाडौं । बलिउड चर्चित अभिनेता सलमान खान होलीको अर्को साता नेपाल आउँदै छन् । सन् १९९४ मा पहिलो पल्ट नेपाल आएका सलमान दुई दशकको अन्तरालपछि आउन लागेका हुन् ।

सलमानको सांगीतिक कार्यक्रम फागुन २६ मा टुँडिखेलमा हुनेछ । आयोजक ओडिसीले कार्यक्रममा सलमानका ५० हजार प्रशंसक जम्मा हुने विश्वास व्यक्त गरेको छ ।

ओडिसी इन्टरटेनमेन्टका निर्देशक सीमान्त गुरुङले नेपाल लाइभसँग भने, ‘सलमानको शो नेपाली इन्टरटेनमेन्ट इतिहासकै सबैभन्दा ठूलो हुनेछ । कार्यक्रमका लागि हामीले १२ करोड रुपैयाँ बजेट छुट्याएका छौं।’

‘दबंग द टुर’ नाम दिइएको यो कार्यक्रमका लागि सलमान फागुन २५ मा नेपाल आउँदै छन् । उनीसँगै बलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर तथा फिल्म निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जावी भांगडा डान्सर ‘मिड बोस’ पनि हुनेछन् । सलमानसहितको समूहले करिब ३ घन्टा टुँडिखेलमा आफ्नो प्रस्तुति दिनेछन् ।

The post १२ करोडको बजेटमा सलमान खानलाई नेपाल ल्याँईदै -यस्तो छ उनको बसाइ तालिका appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2E5GWgH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top