Photo of Milford Sound in New Zealand

अम्बा धेरैलाई मन पर्छ। अम्बा खानु स्वास्थ्यका लागि समेत फाइदा जनक छ। अम्बाको फलमात्र नभई अम्बाको हात समेत हाम्रो शरीरका लागि निकै लाभदायिक मानिन्छ। आज हामीले अम्बाका पातको फाइदाका बारेमा चर्चा गर्नेछौँ

मधुमेह
अम्बाको पातबाट बनेको चिया मुधमेह रोगीका लागि निकै फाइदाजनक हुन्छ। अम्बाको पातबाट बनेको चियाको सेवनबाट रगतमा चिनीको मात्रा कम हुन्छ।

झाडापखाला
अम्बाको पात झाडापखाला समस्यामा हटाउन समेत उपयोगी औषधि मानिन्छ। ३० ग्राम अम्बाको पात र एक मुठ्ठी चामलको पीठोमा दुई गिलास पानी हालेर उमालेको पानी दिनको दुई पटक पिउँदा निकै संचो हुन्छ।

तौल घटाउन
मोटा मानिसहरुका लागि तौल घटाउने समस्याको साथी पनि हुन सक्दछ, अम्बाको पात । यसले कार्बोहाइड्डमा पाइने स्टार्चलाई चिनीमा बदलिने प्रक्रियालाई रोक्छ जसबाट तौल घटाउन मद्दत पुग्दछ ।

पाचन प्रणालीमा सहयोगी
अम्बाको पात खाँदा खाना नपच्ने समस्याबाट छुटकारा पाइन्छ । यी पातले डाइजेष्टिभ इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्दछन् ।

मुटुका लागि
अम्बाको पातको चिया मुटुका लागि पनि फाइदाजनक हुन्छ । यसले रगतमा क्लोस्ट्र्ेलको मात्रा कम गराउन सघाउन पुग्दछ ।

बलियो कपालका लागि
अम्बाको पातको अर्को गुण यसले कपाल बलियो बनाउनुका साथै छालाको पनि राम्रो हेरचाह गर्दछ। यसका लागि अम्बाको ताजा पातको रस पिउनु उपयुक्त मानिन्छ ।

ऐलर्जीको दुश्मन
अम्बाको पातमा कुनै पनि प्रकारका ऐलर्जीको समस्याबाट पार पाउने गुणहरु विद्यमान छन् । यी पातहरुमा ऐलर्जीलाई अवरोध तत्वहरु पाइन्छन् ।

डण्डीफोर हटाउन
अम्बाको पातमा एण्टीसेप्टिक गुण पाइने हुनाले डण्डीफोर हटाउन पनि मद्दत गर्दछ । यो समस्यामा अम्बाको ताजा पातहरुलाई पिसेर डण्डीफोर भएको ठाउँमा लगाउनु पर्दछ । नियमितरुपमा यसको प्रयोगबाट बिस्तारै डण्डीफोरको समस्याबाट मुक्ति पाउन सकिन्छ।

The post सुगरदेखि मोटोपनसम्मको समस्या हटाउने अम्बाका पात appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nFqRU2
via IFTTT
03 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top