Photo of Milford Sound in New Zealand

यस वर्षकै पहिलो सूर्यग्रहण फागुन ४ गते: यी ७ राशिको चम्किनेछ भाग्य, ५ राशिलाई नोक्सान!

काठमाडौँ:- लगभग १५ दिनको अन्तरालमा यो वर्ष २०१८ मा दोस्रो ग्रहण देखिदैछ । १६ फेब्रुअरी अर्थात् फागुन ४ गते यस वर्षको पहिलो सूर्यग्रहण लाग्नेछ । यो भन्दा पहिले गत महिना जनवरी ३१ मा पहिलो चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण दक्षिण जर्जिया, प्रशान्त महासागर, चिली, ब्राजिल र अन्टार्टिका आदि देशहरुबाट देखिनेछ । यस सूर्य ग्रहणको कारण १६ फेब्रुअरीपछि केही राशिहरुमा यसको नकारात्मक असर पर्नेछ भने केही राशिहरुको भाग्य चम्किने छ ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries): सूर्य ग्रहणको कारण मेष राशिका व्यक्तिहरुका कार्यक्षेत्रमा मान-सम्मान बढ्नेछ । आय वृद्दि हुनेछ । व्यवसायमा उत्तम लाभ हुने योग छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus): कार्य क्षेत्रमा व्यस्तता बढ्नेछ । जसको कारण नोकरीमा सम्मान मिल्नेछ । व्यवसायमा विस्तार हुनेछ । आफ्नो बोलीमा नियन्त्रण राख्नुहोला । १६ फेब्रुअरीपछि वृष राशिका व्यक्तिहरुलाई धन कमाउने धेरै अवसरहरु मिल्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini): पारिवारिक विवादबाट टाढै रहनुहोला । विरोधीहरु शान्त रहनेछन । व्यावसायिक लाभ सामान्य हुनेछ । स्वास्थ्य अवस्था राम्रो रहनेछ । तथापि केही समस्याहरु आगामी दिनहरुमा आउन सक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer): कर्कट राशि भएकाहरुलाई १६ फेब्रुअरीपछि शुभ समाचार मिल्नेछ । भविस्यमा उन्नतिको अवसरहरु पाउनुहुनेछ । व्यवसायमा धन लाभ वृद्धि हुनेछ। साथीभाईहरुसँग भेटघाटको अवसर मिल्न सक्छ, जसको कारण नयाँ परियोजनाहरु अगाडी बढाउँने सम्भावना हुनेछ ।

सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo): भू-सम्पतिसम्बन्धी रोकेका कामहरु पूरा हुनेछ । व्ययमा नियन्त्रण राख्नुहोला । स्वास्थ्य स्थिति सामान्य नै रहनेछ । कानूनी विवादमा संलग्न हुन् सक्छ । १६ फेब्रुअरी पछि कुनै प्रकारका दूर्घटना हुन् सक्छ, त्यसैले सावधान रहनुहोला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo): कन्या राशि हुनेहरुका लागि यो ग्रहणको समय अनूकुल रहनेछ । कार्य क्षेत्रमा विस्तार हुने सम्भावना छ । कहीं रोकेका पैसा प्राप्त हुनेछ । घरको पारिवारिक वातावरण सुखमय रहनेछ । विदेशको यात्रा गर्न सक्ने योग छ।

तुला राशि- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra): ग्रहण पछि तुला राशि व्यक्तिहरुको मन विचलित हुन् सक्छ। मानसिक तनाव बढ्न सक्छ। पैसाको मामलामा हानि नोक्सानी हुन् सक्छ। सावधान रहनुहोला।

बृश्चिक राशि- तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio): मन अशान्त रहनेछ। कानूनी झन्झटबाट मुक्ति मिल्नेछ। व्यापार-व्यवसायमा सुधार हुनेछ। धर्ममा श्रद्धा बढ्नेछ।

धनु राशि- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius): तपाईको दिन प्रतिकूल रहनेछ। अपरिचित व्यक्तिहरुबाट सतर्क रहनुहोला। व्यवसायिक निर्णयहरु ध्यानपूर्वक सोचेर लिनुहोला। घरमा शान्ति हुनेछ।

मकर राशि- भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn): कार्य क्षेत्रमा नयाँ पदभार मिल्न सक्छ। भू-सम्पतिबाट लाभका अवसरहरु उपलब्ध हुनेछ। व्यावसायिक लाभमा वृद्धि हुनेछ।

कुम्भ राशि- गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius): भोग विलासका साधनहरुमा खर्च बढी हुनेछ। नोकरीमा मन जानेछ। व्यवसायमा धन लाभ हुनेछ। धैर्य गर्नुहोला।

मीन राशि- दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces): उत्साहमा वृद्धि हुनेछ। काममा उन्नति गर्ने अवसर मिल्नेछ। व्यवसायमा लाभ हुनेछ। सन्तानको भविष्यप्रति चिन्ता बढ्नेछ।

बिगुल न्युज बाट

The post यस वर्षकै पहिलो सूर्यग्रहण फागुन ४ गते: यी ७ राशिको चम्किनेछ भाग्य, ५ राशिलाई नोक्सान! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Hdvspx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top