Photo of Milford Sound in New Zealand

काठमाडौँ । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन टू मा लिग चरणको अन्तिम खेलमा क्यानडाविरूद्ध हासिल भएको रोमाञ्चक जितले नेपाली क्रिकेट प्रेमीलार्इ ठूलो खुसी दिएको छ ।

जितपछि नेपालप्रतियोगिताको फाइनलमा प्रवेश गरेको भने जिम्बाम्बेमा हुने विश्वकप छनोटमा सहभागी हुन पाउने पक्का भएको छ ।तर, जितको खुसीमा रमाइरहँदा कमजोर ब्याटिङका कारण नेपाली क्रिकेटका आगामी दिन अझ संकटपूर्ण छन् भन्ने चिन्ता पनि थपिदिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

जारी प्रतियोगितालार्इ हेर्ने हो भने नेपाल केवल बलरहरूको प्रदर्शनका आधारमा मात्र फाइनलसम्म पुगेको हो भन्दा गतल हुँदैन । पहिलो खेलदेखि नै नेपाली बलरको दबदबा प्रतियोगिताभर रह्यो । ठीक विपरीत ब्याटिङमा नेपाल एकपछि अर्को खेलमा कमजोर बन्दै गयो ।

यो प्रतियोगिताका अहिलेसम्मका खेल हेर्दा ओपनिङमा सबैभन्दा ठूलो समस्या देखियो । त्यस्तै टिममा ब्याट्सम्यानका रूपमा समावेश गरिएका र विगतमा धेरैपटक उत्कृष्ट इनिङ खेल्दै नेपाललार्इ जित दिलाएका मुख्य ब्याट्सम्यानहरू कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, मध्यक्रमका भरपर्दा मानिने शरद भेषावकर चल्न सकेनन् ।

एउटा खेलमा पारसले अर्धशतक प्रहार गरे भने अन्य खेलमा अत्यन्त कमजोर प्रदर्शन रह्यो । डु अर डाइ को अवस्थामा रहेको क्यानडाविरूद्धको खेलमा जसरी गैरजिम्मेवार सट प्रहार गर्दै तीनैजना ब्याट्सम्यान आउट भए, त्यसले आगामी दिनमा ब्याटिङ र सट चयनमा ठूलो सुधारको आवश्यकता रहेको देखायो ।

टस जितेर पहिले बलिङ गर्दै क्यानडालार्इ २०० भन्दा कम रनमा रोकेपछि जुन धैर्यता विकेटमा देखाउनुपर्थ्यो त्यो धैर्यता तीनैजनाले देखाउन सकेनन् । स्पेशलिष्ट बलरका रूपमा टिममा समावेश गरिएका करण केसीले विस्फोटक ब्याटिङ र सन्दीपले संयमित साथ नदिएको भए यतिबेला जितको खुसी मनाइरहेका समर्थक शुभचिन्तक धारे हात लगाइरहेका हुन्थे ।

प्रतियोगिता भर बलिङमा सन्दीप उत्कृष्ट लयमा छन् । उनको बलिङ किफायती पनि देखिएको छ । वसन्त रेग्मी, सोमपाल कामीको प्रदर्शन पनि राम्रो छ । स्वयम् पारसले ब्याटिङभन्दा बलिङमा राम्रो प्रदर्शन गरेका छन् ।

ब्याटिङमा पुराना र भरपर्दा भनिएकाहरू फ्लप भइरहेका वेला यही प्रतियोगिताबाट डेब्यु गरेका रोहितकुमार पौडेल, आरिफ शेखले भरपर्दो प्रदर्शन गरेका छन् । बलरको भूमिकामा रहने करनको क्यानडाविरूद्धको विस्फोटक ब्याटिङको जति प्रशंसा गरे पनि कम हुन्छ ।

अहिलेसम्म जे जस्ता कमजोरी भए पनि अब नेपालका सामु डिभिजन टुको उपाधि लिएर घर फर्कने अवसर छ । त्यसका लागि मुख्य त पारस, ज्ञानेन्द्र र शरदसँगै ओपनिङमा आउने ब्याट्सम्यान फर्ममा आउन जरूरी छ ।

विश्वकप छनोट प्रतियोगितामा अझ बढी प्रतिस्पर्धा हुने भएकाले ब्याटिङमा ब्यापक सुधार ल्याउनैपर्छ । अन्यथा बलिङको भरमा मात्रै विश्वकप पुग्ने सपना देखियो भने त्यो दिवास्वप्न मात्र हुनेछ ।

The post अनुभवीले डुबाए, नवप्रवेशीले जोगाए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2HcK20d
via IFTTT

0 comments:

Post a Comment

add

 
Top