Photo of Milford Sound in New Zealand

काठमाडाै‌ं, माघ २३ – यतिबेला नेपाल टेलिभिजनबाट प्रसारण भईरहेको टेलिसिरियल ‘अधिकार’मा व्यस्त रहेका अभिनेता रमेश बुढाथोकीले कलाकारिता शुरु गरेको ३७ वर्ष भयो ।

थियटर हुँदै सिनेमामा प्रवेश गरेका रमेशले पाँच दर्जनभन्दा बढी सिनेमामा काम गरेका छन् । यसका साथै उनले ११ वटा सिनेमा निर्देशन गरिसकेका छन् भने झण्डै १२ सय टेलिफिल्ममा निर्माता, निर्देशक र अभिनेताको रुपमा काम गरेका छन् ।

कलाकारिताको शुरुवाती दिनमा उनले आजभन्दा २४ वर्षअघि सिनेमा ‘चट्याङ’मा काम गर्ने अवसर पाएका थिए । त्यसबखत चलेका र सबैको रोजाइमा परेका निर्देशक प्रताप सुब्बासँग काम गर्ने अवसरको खोजीमा धेरै कलाकार हुन्थे । त्यही समयमा प्रतापले ‘चट्याङ’मा काम गर्ने अवसर दिए, जुन अवसर रमेशको लागि ठूलो थियो । त्यो सिनेमामा उनको भूमिका आधा भिलेन र आधा सज्जनको थियो ।

सिनेमामा उनले एउटा आँखा छोपेर हिड्नुपर्ने भूमिका निर्वाह गरेका छन् । उनलाई यो भूमिका कसरी आइलाग्यो ? यी लगायत सिनेमाको छायाकंनसँग जोडिएका अन्य केही प्रसंगहरुको बारेमा आज उनले हामीसँग केही सम्झना सेयर गरेका छन् ।
पछि जन्मेको चरित्र

यो सिनेमामा राजेश हमालसँग मारपीटको दृश्य थियो । त्यो सीन बनाउँदा मेरो आँखामा चोट लागेको थियो । आगोले मेरो आँखामा लागेर केही दिन त मैले पूर्ण रुपमा आराम गरेर बस्नु पर्यो । पछि मेरो चरित्र नै नयाँ हुन पुग्यो ।

मेरो आँखामा आएको समस्याका कारण सिनेमामा मेरो एउटा आँखा छोपेर हिड्नु पर्ने चरित्र बनाइयो । आँखाको समस्याले यो सिनेमाको काम सक्न मलाई निकै गाह्रो भएको थियो । पहिले मेरो भूमिका सामान्य थियो । तर त्यो घटनापछि मेरो आँखा छोपेर बोल्ने सीन राखियो ।

हामीले यो सिनेमाको छायांकन भक्तपुुरबाट नगरकोट जाने बाटो, धुलिखेल र काठमाडौंमा गरेका थियौं । यसमा मेरो झण्डै २० दिनको छायांकन भएको थियो ।
निर्देशक प्रताप सुुब्बासँग काम गर्दाको खुशी

यो सिनेमामा मैले म भन्दा सिनियर निर्देशकसँग काम गर्ने अवसर पाएँ । त्यसबखत उहाँसँग काम गर्न धेरै कलाकार हुरुक्कै हुन्थे । मैले कलाकारिता शुरु गरेको समयमा प्रताप सुब्बाको सिनेमामा काम गर्न पाउनु खुशीको कुरा थियो ।

मेलै उहाँसँग यसअघि सिनेमा ‘दिदी’मा पनि काम गरेको थिएँ । त्यसमा चाहि मेरो अतिथि भूमिका थियो । अनि पछि उहाँले मलाई यो सिनेमामा काम गर्ने अवसर दिनुभयो । उहाँलाई सायद ‘दिदी’को मेरो काम चित्त बुझेर पनि होला, यसमा राम्रो भूमिका दिनु भएको ।

उहाँसँग काम गर्न पाउनु खुशीको कुरा थियो मेरो लागि ।प्राय रातीसम्म नै छायाकंन हुन्थ्यो । हैन भने छायाकंन नभएको समयमा दिउँसो छायाकंन सकिएको र राम्रो भएको दिनमा हामी राती बसेर रमाईलो गर्ने गथ्र्यौँ । कामकै कुरा गथ्र्यौँ ।
भिलेन र सज्जन बन्दाको फरक

मैले शुरुदेखि नै सज्जन र भिलेनको भूमिका गर्दै आईरहेको छु । एउटा कलाकारको लागि भूमिका नेगेटिभ होस या पोजेटिभ होस् राम्रो भूमिका भयो भने काम गर्न मन लाग्छ । भिलेन भएर खेल्दा भने मानिसहरु बोल्न पनि हिचकिचाउने, डराउने हुन्थ्यो भने राम्रो भूमिका गर्दा खेरि सबै जना नजिक आउन खोज्ने, बोल्न खोज्ने, फोटो खिच्न खोज्ने हुन्थ्यो ।

कहिलेकाही भने नकारात्मक भूमिका हेरिसकेपछि मान्छेहरु डराएको देख्दा आफुुलाई पनिके गरियो यो ?जस्तो लाग्थ्यो । तर अर्को मनले भने मैले गरेको काम सबैलाई मन पर्यो अनि सबैले नोटिस गर्नु भयो त्यहि भएर यस्तो भईरहेको छ भन्ने लाग्थ्यो ।

मान्छेले मलाई मन नपराएको हैन कि त्यो भूमिकालाई चाहि मन नपराएको हो भन्ने लाग्थ्यो । नकारात्मक भूमिकाहरु गर्दा मानिस सहज रुपमा प्रस्तुत भईदिँदैनथे । तर सकारात्मक भूमिका निर्वाह गर्दा सबै सहजै घुलमिल हुन खोज्थे,नजिक हुन खोज्थे ।

गफगाफ डटकमकाे सहकार्य

The post राजेश हमालसँग मारपीट गर्दा रमेश बुढाथोकीको आँखामा चोट….. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BYLzDv
via IFTTT

0 comments:

Post a Comment

add

 
Top