Photo of Milford Sound in New Zealand

काठमाडौं, २२ माघ । दरबारमार्गको होटेल ल्याण्डमार्क बलात्कार काण्डमा हेटौंडाका एक ठेकेदारको छोराको समेत संलग्नता रहेको पाईएको छ । ल्याण्डमार्कमा माघ ७ गते भएको सामूहिक बलात्कारको घटना हेटौंका चर्चित ठेकेदार राम गौतमका छोरा विकाश गौतमसमेत संगल्नता रहेको खुलेको हो ।

ठेकेदार गौतमका छोरा समेतको संलग्नता देखिएपछि प्रहरीले आर्थिक लेनदेनमा मिलापत्र गराएको रहस्य खुलासा भएको हो । घटनामा विकासको संलग्नता रहेको भएपनि प्रहरीले भने उनको नाम गोप्य राख्दै आएको छ । निर्माण व्यवसायी गौतमले उक्त घटनामा छोराको समेत नाम मुछिएको स्वीकार गरेका छन् । तर त्यस विषयमा आफ्नो छोरासँग कुरा नभएको उनले बताए ।

‘विकाशको पनि संलग्नता रहेको प्रहरीले जानकारी दियो तर अहिले सम्म छोरासँग मेरो सम्पर्क भएको छैन्’ उनले भने । घटना घटेको दिन राति १ बजेसम्म आफ्नो छोरा (विकाश) साथीहरु शैलेशलगायतसँग हाटेल ल्याण्डमार्कमा रहेको गौतमले स्वीकारे । उक्त विषय आफूले छारोका अन्य साथीमार्फत थाहा पाएको बताए ।

छोराको नाम पनि जोडिएपछि २० लाख रुपैयाँ जुटाएः
बलात्कृत युवती पेमाकुमारीले प्रहरीमा उजुरी दिँदा विकाशको नाम समेत उल्लेख गरेकी थिइन् । तर प्रहरीले भने उजुरीमा कतै पनि उनको नाम उल्लेख गरेन । बलात्कारको घटनालाई गुपचुमै मिलाउन आर्थिक लेनदेन गर्न विकाशका बुवाले धेरै रकम जुटाएका हुन् । घटना दबाउन ३० लाख रुपैयाँको लेनदेन भएको प्रहरीको दाबी छ । विकाशका बुवाले २० लाख रुपैयाँ जुटाएको प्रहरी स्रोत दाबी गर्छ । जसका कारण उजुरीबाट विकाशको नाम हटाइएको प्रहरी स्रोत बताउँछ ।

नाम मुछियो तर पैसा दिएको छैन्ः
आफ्नो छोरा बलात्कारको मुद्दामा मुछिए पनि आफूले कसैलाई पैसा नदिएको निर्माण व्यवासी गौतमले दाबी गरे । गौतमले भने, ‘बलात्कारको घटनामा छोराको नाम मुछिएको सत्य हो । तर घटना मिलाउन मैले पैसा दिएको भन्ने कुरा सत्य हैन ।’

The post दरबारमार्ग ‘बलात्कार’ काण्डमा हेटौंडाका एक ठेकेदारका छोराको पनि संलग्नता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BWZ3j7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top