Photo of Milford Sound in New Zealand

विश्वभरका सेनामा सबैभन्दा शक्तिशाली सेनाको शीर्ष स्थानमा अमेरिकी आर्मी परेको छ। सेनाको अध्ययन गर्ने संस्था फायर पावरले सन् २०१६का लागि संसारका सबैभन्दा शक्तिशाली सेनाको लिस्ट तयार पारेको छ। सूचीमा नेपाल १२६ देशको सूची तयार पारेको संस्थाले नेपाली सेनालाई ९८औं स्थानमा राखेको छ।
९५ हजार सैनिक रहेको नेपाली सेनाको कुल रक्षा बजेट २१ करोड अमेरिकी डलर रहेको छ। १८ वटा हेलिकिप्टर रहेको नेपाली सेनासँग १४८० फाइटर सवारी छन्।
हेर्नुहोस् टप टेनमा कुन कुन देशका सेना कायम छन्।

न.१० इटालीएन आर्मी: इटालीएन आर्मी विश्वकै शक्तिशाली आर्मीमा १० औ स्थानमा रहेको छ ! इटालीको सेनालाई ग्लोबल फायरपावरले आफ्नो लिस्टको १० औं स्थानमा राखेको छ। ग्लोबल फायरपावर एजेंसीका अनुसार इटलीको रक्षा बजेट ३४ अर्ब डलर छ। इटालीको सेनासँग ५८६ ट्यांक, १८५ लडाकु जहाज, २ युद्वपोत ५८ एट्याक हेलिकप्टर र ८ पानीजहाज छ। इटलीको सेनामा कुल ३ लाख २० हजार सैनिक शामिल छन्।

न.९ जर्मन आर्मी: विश्वको शक्तिशाली सेनाको नवौ स्थानमा जर्मन सेना रहेको छ। जर्मनी सरकारले ८६ अर्ब डलर रक्षा बजेटमा छुटाएको छ। जर्मनी सेनाको साथमा ४०८ ट्यांक, १६९ लडाकु विमान, ४४ एट्याक हेलिकप्टर र ५ पानीजहाज छन्। जर्मन सेनामा लगभग १ लाख ८० हजार सैनिक कार्यरत छन्।

न.८ टर्की आर्मी: विश्वमा शक्तिशाली सेनाको आठौं नम्बरमा टर्कीको सेना आएको छ। यस देशको कुलद रक्षा बजेट लगभग १८ अर्ब डलर छ। टर्कीस सेनासँग ३८७८ ट्यांक, २०७ लड़ाकू जहाज, ६४ एट्याक हेलिकप्टर र १३ पानीजहाज छन्। टर्कीस सेनामा लगभग ४ लाख सैनिक आवद्ध छन्।

न.7 जापान आर्मी: एसियाली राष्ट्र जापान शक्तिशाली आर्मीको लिस्टमा ७ औं नम्बर परेको छ। जापान सरकारले रक्षाका लागि ४० अर्ब डलर छुट्टाएको हुन्छ। जापानी सेनासँग ६७८ ट्यांक, २८७लड़ाकू विमान, ३ युद्वपोत, ११९ एट्याक हेलिकप्टर र 7 पानीजहाज छन्। जापानी सेनामा लभगग २ लाख ५० हजार सैनिक हैं सामेल छन्।

न.६ ब्रिटिश आर्मी: ग्रेट ब्रिटेन शक्तिशाली आर्मीको लिस्टमा छैठौ स्थानमा छ। ग्लोबल फायरपावरका अनुसार ब्रिटेनको कुल रक्षा बजेट ५५ अर्ब डलर छ। ब्रिटिस सेनासँग ४०७ ट्यांक, १६८ फाइटर प्लेन, १ युद्धपोत, ४९ एट्याक हेलिकप्टर र १० पानीजहाज छन्। ब्रिटेनी सेनामा लगभग १ लाख ५० हजार सैनिक आवद्ध छन्।

न.५ फ्रेन्च आर्मी: फ्रान्सको सेना शक्तिशाली सेनालको लिस्टमा पाँचौ नम्बरमा आएको छ। ३५ अर्ब अमेरिकी डलर कुल रक्षा बजेट रहेको फ्रेन्च फ्रेन्च सेनासँग ४२३ ट्यांक, २८४ लड़ाकू विमान, ४ युद्वपोत, ४८ एट्याक हेलिकप्टर र १० पानीजहाज छ। फ्रेन्च सेनासँग लगभग २ लाख जवान शामिल छन्।

न.४ इन्डियन आर्मी: दक्षिण एसियाली महारथी भारत शक्तिशाली सेनाको सूचीमा चौथो नम्बरमा परेको छ। ग्लोबल फायरपावरले शक्तिशाली सेनाको सूचीको चौथो नम्बरमा राखेको भारतको कुल रक्षा बजेट ४० अर्ब अमेरिकी डलर छ। भारतीय सेनासँग ६४६४ ट्यांक, ८०९ लड़ाकू विमान, २ युद्वपोत, १९ एट्याक हेलिकप्टर र १४ पानीजहाज छन्। भारतीय सेनामा लगभग १४ लाख जवान आवद्ध छन्।

न.३ चिनिया आर्मी: शक्तिशाली सेनाको सूचीमा तेस्रो नम्बरमा एसियाली मुलुक चीन परेको छ। १५५ अर्ब रक्षा बजेट रहेको चिनियाँ सेनासँग ९१८५ ट्यांक, ३१५८ लडाकु विमान १ युद्वपोत, २०० एट्याक हेलिकप्टर र ६८ पानीजहाज छन्। चिनीयाँ सेनामा करिब २३ लाख सैनिक आवद्ध छन्।

न.२ रसियन आर्मी: रूसको आर्मी शक्तिशाली आर्मीको सूचीमा दोस्रो नम्बरमा परेको छ। रुसको कुल रक्षा बजेट ४६ अर्ब अमेरिकी डलर रहेको छ। रसियाली सेनासँग १५ हजार ३ सय ९८ ट्यांक, १४३८ लड़ाकू विमान, १ युद्वपोत, ४७८ एट्याक हेलिकप्टर र ६० पानीजहाज छन्। रसियाली सेनामा ७ लाखभन्दा बढी जवान संलग्न छन्।

न.१ अमेरिकन आर्मी: विश्व शक्ति अमेरिका शक्तिशाली सैन्य भएको देशको शीर्ष स्थानमा परेको छ। ५८१ अर्ब डलर रक्षा बजेट रहेको अमेरीकी सेनासँग ८८४८ ट्यांक, २७८५ लड़ाकू विमान, १३ युद्वपोत, ९५७ एट्याक हेलिकप्टर र ७५ पानीजहाज छ। अमेरिकी सेनामा लगभग १४ लाख सैनिक कार्यरत छन्।

पाकिस्तान आर्मी:

यस्तै दक्षिण एसियाली मुलुक पाकिस्तान शक्तिशाली सैन्य सूचीमा १३ औं नम्बरमा परेको छ। ७ अर्ब रक्षा बजेट रहेको पाकिस्तानी सेनासँग २९२४ ट्यांक, २८२८ लडाकु विमान, ५२ एट्याक हेलिकप्टर, १२ युद्वपोत र ५ पानीजहाज छन्। पाकिस्तानी सेनामा ६ लाख २० हजार सैनिक कार्यरत छन्।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qdiZf7
via IFTTT
13 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top