Photo of Milford Sound in New Zealand

चितवन— नेकपा माओवादी केन्द्रका उम्मेद्वार ज्ञानप्रसाद खनाल भरतपुर महानगरपालिकाको वडा नं. २६ मा वडाध्यक्ष पदमा विजयी भएका छन्। पार्टी नीति विपरित वडा तहमा एमालेसँग तालमेल गरेको भनेर खनाललाई माओवादी केन्द्रले कारवाही गरेको थियो। कारवाहीमा परे पनि खनालले १ हजार ६५८ मत ल्याए। उनका निकटतम प्रतिद्वन्दी काँग्रेसउम्मेद्वारको १ हजार ४६० मत पाए।

काँग्रेस बलियो भएको वडा नं. २६ मा नेकपा (एमाले)ले वडाध्यक्षमा उम्मेद्वार दिएको थिएन। वडाध्यक्षमा खनाललाई सघाउने समझदारी गरेर एमालेले चारजना वडा सदस्य मात्रै उठाएको थियो। सहमति अनुरुप माओवादी केन्द्रका तर्फबाट वडा सदस्यमा कोही उठेका थिएनन्। वडाध्यक्षमा माओवादीका खनाल विजयी हुँदा बाँकी चारैजना सदस्य नेपाली काँग्रेसका उम्मेद्वारहरुले जितेको छ।

वडा अध्यक्षमा माओवादका खनालले पाए जति मत सदस्यका एमाले उम्मेदवारले पाएनन्।

भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धन माओवादी र काँग्रेसबीच तालमेल छ। वडा तहमा पार्टी नीति विपरित एमालेसँग तालमेल गरेको भनेर खनाललाई कारवाही गरेको माओवादीले जनाएको थियो। वडा नं. २६ को तालमेलले माओवादीलाई फाइदा पुगे पनि एमालेलाई घाटा भएको छ। सो वडाबाट मेयर पदमा एमालेका प्रत्यासी देवी ज्ञवालीले जम्मा ८९६ मत मात्र पाएका छन्। जब कि माओवादीकी रेणु दाहाललाई १ हजार ५४९ मत गएको छ। वडा सदस्यका एमाले उम्मेदवारहरुको मत हजारभन्दा माथि छ।

माओवादीले यसअघि वडा नं. १३ मा वडाध्यक्षसहित प्यानल नै जितेको थियो। २९ वटा वडाहरु रहेको भरतपुरमा १७ वटा वडाको मत गणना सकिएको छ। जसमध्ये एमालको १०, काँग्रेसका पाँच र माओवादीका दुई उम्मेद्वारले वडाध्यक्ष जितेका छन्।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qOdp2Q
via IFTTT
24 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top