Photo of Milford Sound in New Zealand

इनरुवा, ३१ वैशाख । सुनसरीको भोक्राहा गाउँपालिका–५ मा आज बस र स्कारपिओ एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारत बङ्गाल कोलकोत्ताका चैतन्य कृष्ण रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६४३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बि आर ४३ पी १२७१ नम्बरको स्कारपिओ एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो ।

गम्भीर घाइते भएका सबैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pKRtTa
via IFTTT

0 comments:

Post a Comment

add

 
Top