Photo of Milford Sound in New Zealand

दोलखा,३१ बैशाख । दोलखाको एक मतदान केन्द्रमा अपरिचित व्यक्तिले गोली चलाएका छन् । जिल्लाको बैत्वश्वरको गैरमुदी केन्द्रमा अपरिचित व्यक्तिले गोली चलाएका हुन् । हवाइ फायरबाट केही मतदाता घाइते भएका छन् ।

बुथ कब्जा गर्ने र मतदान बिथोल्ने उद्देश्यले यस्तो आपराधिक क्रियाकपाप भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गोली चलाउन जिल्लाबाहिरको मान्छेलाई ‘सुपारी’ दिएर ल्याइएको अनुमान गरिएको जिल्ला प्रहरी प्रमुख रबिन कार्कीले जानकारी दिए ।

एमालेले हमलाको दोष कांग्रेस–माओवादीलाई दिएको छ । कांग्रेस माओवादी भने यस विषयमा केही बोलेका छैनन् । एमालेले आफ्ना कार्यकर्ता घाइते भएको दावी गरेको छ । जिल्लाको तामाकोशी गाउँपालिकाको झुलेका मतदान सुरु नहुँदै तनाव भएपछि मतदान रोकिएको छ । बिगुको आलम्बु केन्द्रमा हिजो रातिदेखि नै भएको झगडा अझै नसेलाउँदा मतदान सुरु भएको छैन ।-डिसीनेपाल

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rdnq7e
via IFTTT

0 comments:

Post a Comment

add

 
Top