Photo of Milford Sound in New Zealand

मुम्बई । बलिउड अभिनेता रणबीर कपूरको कट्रिनासँग ब्रेकअप भएको दुई वर्ष भइसके पनि रणबीरको विवाहको खबर कट्रिनाकोमा पुगेपछि उनी आक्रोशित बनेकी छन् । कट्रिनाले आफ्नो म्यानेजरसँग भनेकी थिइन् कि अब रणबीरको कुनै पनि फिल्ममा काम गर्दिनँ । हालका दिनमा रणबीर कपूरले मागी विवाह गर्न लागेको खबर बाहिर आएको छ । केही समयअघि मात्र रणबीर आफ्नी ममी नीतूसँग केटी हेर्न लंडन गएका थिए ।

रणबीरको विवाह लंडनमा बस्ने युवतीसँग हुने कुरा फिल्म बजारमा आगो जसरी फैलिएको छ । र, यो खबर कट्रिनाकोमा पुगेपछि रणबीरका लागि लंडनबाट केटी आउने भएपछि उनी आक्रोशित बनेकी हुन् ।

रणबीरसँग करीब ६ वर्ष लामो प्रेम-सम्बन्धमा रहेकी कट्रिना उनीसँग विवाह गर्न चाहन्थिन् तर उनको चाहना पुरा भने हुन सकेन । रणबीर कपूरसँग उनको ब्रेकअप भयो । उनीसँग विवाह गर्नुका सट्टा अब कपूर कुनै अरु नै युवतीलाई दुलही बनाउने तयारी गरिरहेका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qafLZx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top