Photo of Milford Sound in New Zealand

दाङ, ३० बैशाख – अस्पतालमा वेवारिसे अवस्थामा छोडिएकी नवजात शिशुको उपचारपछि तुलसी हस्पिटल प्रालिले आफन्तको जिम्मा लगाएको छ ।

वैशाख १८ गते विहान नवजात शिशु लिएर आएका बुबा हर्षबहादुर बर्मले अस्पतालमा छोडेर गएपछि सम्पर्कविहिन भएपछि अस्पतालले उपचार गरिदिएको थियो ।

गत बैशाख १७ गते राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रसुतिसेवा लिन आएकी तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निबासी ३४ बर्षीया कमला बर्मलेको शिशु जन्मेको केहि समयमै अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको थियो ।
राप्ती अञ्चल अस्पतालमा बच्चा जन्मिने बित्तिकै आइसीयुको सुविधा नभएको भन्दै नर्सले नजिकै रहेको तुलसी हस्पिटलमा शिशुलाई लैजान भनेपछि वुवा हर्षले अस्पतालमा लगेर छोडेर फरार थिए ।

‘बच्चा जन्मीने बित्तिकै रुनुपर्छ तर बच्च रोएन, रुनु भनेको स्वास लिनु हो, डाक्टर किशोर खत्रीले भने, ‘हामीले बच्चा पाउँदा निलो भइसकेको थियो । त्यही भएर तत्कालै उपचार सुरु गरयौं ।’

आइसीयुमा राखेर कृत्रिम स्वासप्रस्वास दिएपछि दुई दिन पछि बच्चा होसमा आएको डाक्टर खत्रीले बताए ।

शिशुको तौल सवा तीन किलो भएको र स्वास्थ्य अवस्था पनि राम्रो भएको अहिले अस्पतालले बताएको छ । बच्चाको उपचारका लागि आइसीयु र औषधिमा लागेको ८० हजार रुपैयाँ खर्च अस्पताले बेहोर्ने डाक्टर किशोर खत्रीले बताए । शिशु पुनः बिमारी भएमा अस्पताले निःशुल्क उपचार गरिदिने बताएको छ ।

अस्पतालमै पत्रकार सम्मेलनको आयोजना गरेर अस्पताल संचालक समेत रहेका डाक्टर खत्रीले शिशुका वुवा हर्षबहादुर बर्मलेलाई १३ दिनसम्म उपचार गरेर हस्तान्तरण गरेका हुन् ।

नवजात शिशु उनीहरुको चौँथो सन्तान हुन् । यसअघि कमलाले तीन छोरीको जन्म दिइसकेकी थिइन् । शिशुलाई अस्पतालमा छोडेर दुई दिन सम्म अभिभावक सम्पर्कविहिन भएकाले पालनपोषणमा कतै कमी हुन्छ कि भन्ने चिन्ता डाक्टर खत्रीलाई लागेको छ ।

यद्यपि बुबा हर्षबहादुरले श्रीमतिको काजक्रिया गर्नु पर्ने भएकाले आउन नभ्याएको बताएका छन् । ‘बच्चा लिएर भर्खर आएको थिएँ अंचल अस्पतालबाट छिट्टो आउनुस् भन्ने फोन आयो बच्चालाई छोडेर जाँदा श्रीमतिको मृत्यु भइसकेको रहेछ, उनको काजक्रिया गर्दा ढिला भयो,’ हर्षबहादुरले भने ।

छोरा र छोरीमा कुनै विभेद नगरेको भन्दै उनले राम्रोसंग पालनपोषण गर्ने बताएका छन् । source:ratopati.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rcqOjz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top