Photo of Milford Sound in New Zealand

एजेन्सी

जेठ ६ – यूपीको हमिरपुरको एक रोडवेज बसमा शनिबार बिहान हाइटेन्सन लाइन खसेपछि ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला भएको बुझिएको छ । हाइटेन्सन लाइन खसेपछि बस नराम्रोसँग जलेको छ । उक्त दुर्घटनामा २५ जना घाइते भएका छन् ।

एक भारतीय संचारमाध्यमको अनुसार भाथा–जसपुरा रोड नजिकै बान्दाबाट हमिरपुर जाँदै गरेको बसको स्टेरिङ अचानक फेल भयो र बस हाइटेन्सन पोलसँग ठोक्कियो । घाइते सबैलाई बान्दाको अस्पताल लगिएको छ । बसका ड्राइभर बिन्दा प्रसाद र सह–चालक अजय कुमार सुरक्षित भएको बताइएको छ ।

यात्रुले झ्यालबाट निस्किएर ज्यान बचाएः

एक यात्रु भन्छन्, ‘हामी बान्दादेखि हमिरपुर जाँदै थियौं । अचानक बाटोमा बस पल्टियो । हामी जसरी पनि झ्यालबाट बाहिर निस्कियौं । बसमा करिब ३० यात्रु यात्रा गरिरहेका थिए ।’

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rBEDrT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top