Photo of Milford Sound in New Zealand

मेरी बास्सैमा चम्सुरी र मुला सागको जोडि खुबै हिट छ । तर कमैलाई थाहाहोला, चम्सुरीको रियल नाम के हो भनेर । उनको खास नाम हो पल्पसा डंगोल । तर उनी मेरी बास्सैबाट चर्चित भएपछि चम्सुरी नामले चिनिईन् र उनको खास नाम पल्पसा डंगोल छायाँमा पर्यो ।

उनै पल्पसा डंगोले आज आफ्नो ४१औँ जन्मदिन मनाउँदैछिन् । लाजिम्पाटको नेपाली भोजन रेस्टुरेन्टमा आज साँझ हुने उनको जन्मदिन बिशेष कार्यक्रम रहेको छ । हामीसँगको कुराकानीमा उनले आफ्नो जन्मदिनको कार्यक्रममा छक्का पन्जा, मेरी बास्सै, भद्रगोल टिम लगायतका हाँस्यकलाकारहरुलाई निम्तो दिएकी छिन् । साथै उनको जन्मदिन बिशेष कार्यक्रममा केही गायक तथा गायिकाहरुसमेत उपस्थिीत हुने बताएकी छिन् ।

एक दशकभन्दा लामो समय कलाकारितामा विताएकी चम्सुरीले थुप्रै चलचित्र, म्युजिक भिडियो र टेलिसिरियलमा काम गरिसकेकी छन् । तर उनको एउटा लुकेको रहस्यपनि छ । जो तपाईलाई थाहानहुन सक्छ । त्यो हो अहिलेसम्म चम्सुरीले १ सय ५१ जनासँग विहे गरेको रहस्य । तपाईलाई अचम्म लाग्यो होला? तर सत्य यहि हो । उनले गज्जबको अनलाईनसँगको कुराकानीमा यस्तो अनौठो रहस्य खोलेकी हुन् । उनको यति धेरै विवाह रियल लाईफमा भने भएको होईन् केवल रिल लाईफमा मात्रै हो ।

अहिलेसम्म १ सय ५१ जनाको श्रीमति भएर टेलिभिजन तथा चलचित्रको पर्दामा आएको उनको भनाई छ । उनले भनिन– अहिलेसम्म मैले १ सय ५१ जनाको श्रीमति भएर काम गरिसकेछु । म हरेक दिन वा हरेक रोल गरिसकेपछि साँझपख डायरीमा आफ्नो दैनिकी लेख्ने गर्छु । यही क्रममा मैले अहिलसम्म १ सय ५१ रोलमा कसैकी श्रीमति बनेकी छु । हेरौँ आउने दिनमा अझै बढ्ला ।

उनले हाँस्दै भनिन्– तर रियल लाईफमाभने मेरो एक जनामात्रै श्रीमान हुनुहुन्छ है, हाहाहाहा । ंडंगोलकी दुई छोरी छन् । विगत २ दशक भन्दा लामो समयदेखि कलाकारीता क्षेत्रमा निरन्तर लागिरहेकी डंगोलले यो आफ्नो सफलता भएको बताउँछीन् । उनले सुरविर पण्डित (दाह्रि बा) कमलगाउँले, सुरेन्द्र केसी (मुला साग) लगायतकी श्रीमति भएर काम गरेकी छन् । तर उनलाई सबैभन्दा सफलता मिलेको मेरी बास्सैको मुलासागको जोडिबाट हो ।

धेरैको श्रीमति भएर कामगरिसक्नु भयो, आफुलाई कोसँग जोडि सुहाउँछ त ? भन्ने प्रश्नमाउ नले भनिन्– ‘मुला साग (सुरेन्द्र केसी) सँग लामो समय काम गरेकीले होला, सबैभन्दा राम्रो जोडि उहाँसँगै जम्छ जस्तो लाग्छ र उहाँसँगकामगर्दा सहजपनि लाग्छ ।’

उनले मुला साग र आफ्नो जोडि हिट भएकोले धेरै ठाउँमा सबै जसोले तपाईहरु साँच्चिकैको बुढाबुढी हो है भनेर सोध्ने गरेको पनि उनले बताईन् । तर यसलाई उनले नकारात्मक रुपमा भन्दापनि आफ्नो सफलता र दर्शक स्रोताको माया भएको बताईन् । gazzabkoonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pigdpE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top