Photo of Milford Sound in New Zealand

रुकुम, जेठ ५ – एउटै परिवारबाट चुनाव लडेर जनप्रतिनिधिको रुपमा विजय हुने संयोग शायद कमैलाई मात्रै मिल्छ । तर रुकुममा भने स्थानिय तहको चुनाव लडेर श्रीमान वडा अध्यक्ष, श्रीमती उपमेयर, सुसुरा र ज्वाईं मेयरमा विजयी भएका छन् । अहिले जिल्लामा यी परिवारको निकै चर्चा चलेको छ ।

रुकुमको मुसीकोट नगरपालिकामा चुनाव लडेका प्रेमकुमारी सुनार केसी र उहाँका श्रीमान गोप्यश्वर केसी विजय हुनुभएको हो । गोप्यश्वर केसी वडा नम्बर दशको वडा अध्यक्षमा विजय हुनु भएको हो भने, प्रेम कुमारी मुसिकोट नगरपालिकाको उपमेयरमा विजय हुनुभएको हो ।

यसपटकको स्थानीय चुनावमा एकै ठाउँमा चुनाव लडेर दम्पती नै विजयी भएको यो संभवतः पहिलो घटना हो । दुवैजना माओवादी आन्दोलनका पुराना अगुवा कार्यकर्ता हुन् । २०४३ सालदेखि गोप्यश्वर र २०४९ सालदेखि राजनीतिमा होमिएकी प्रेमकुमारीबीच युद्धकालमै अन्तरजातीय विवाह भएको थियो । प्रेमकुमारी २०५२ मंसिरदेखि सिस्ने जलजला मितेरी अभियानमार्फत सांस्कृतिक फाँटमा प्रवेश गर्नुभएको थियो ।

उहाँ लामो समयसम्म माओवादी निकट सामना सांस्कृतिक परिवारमा गायिकाको रुपमा रहनुभयो । ‘मैले विद्यार्थी, वाइसिएल, कलाकार, संगठनलगायतका धेरै भूमिका निर्वाह गरिसकेको छु’– प्रेम कुमारी भन्नुहुन्छ – ‘हाम्रो लामो राजनीतिक त्याग र योगदानका कारण पार्टी र नागरिकले विश्वास गरेकाले विजय हासिल गर्न सफल भयौं ।’

दोस्रो खारा, बेनी, अर्घाखाँची र गाम लिस्ने जस्ता फौजी आक्रमणमा समेत भाग लिएकी सुनारले महिला र दलित आन्दोलनमा पनि उत्तिकै भूमिका निर्वाह गर्नुभएको छ । यो दम्पती नागरिकबिच निकै लोकप्रिय मानिन्छ । पार्टीमै लागेका कारण हाल यो जोडीसँग धनसम्पत्ति छैन ।

अहिलेसम्म एउटा बस्ने घर र कुनै सम्पत्ति नजोडेको यो दम्पती धेरै गर्न नसके पनि आर्थिक अनियमिता नगर्ने प्रतिबद्धता जाहेर गरेको छ । त्यसो त राजनीतिमा इमान्दार छवी बनाएका श्रीमान् २०४३ सालदेखि राजनीतिमा सक्रिय हुनुुहन्छ ।

२०४६ सालको आन्दोलनमा प्रत्यक्ष सहभागी भएर २०४७ मा खलंगामा ‘सिडिओको कुर्सी फ्याँक्ने’लगायतका कार्यक्रममा सक्रिय सहभागी केसीले २०४९ सालमा पार्टी सदस्यता प्राप्त गरेको नेकपा माओवादी केन्द्र रुकुमका अध्यक्ष गोपाल शर्मा अनलको भनाइ छ । दुइ दम्पतीको विजयले गाउँमा स्थानियबासीहरुलाई पनि निकै खुसी बनाएको छ ।
ससुरा ज्वाइ दुइ नगरको मेयर

रुकुमको मुसिकोट नगरपालिका र आठबिसकोट नगरपालिकाको निर्वाचित मेयर ससुरा ज्वाईं हुनु । मुसिकोट नगरका मेयर देविलाल गौतम ससुरा बा र आठबिसकोट नगरपालिका मेयर गार्खबहादुर केसी ज्वाईं हुन । दुवै जनयुद्धकालमा माओबादीको लामो भूमीगत राजनिति गरेका ब्यक्ति हुन ।

यी दुवैको विजय पनि जिल्लामा चर्चाकै विषय बनेको छ । देविलाल जिल्लाका पुरानै माओवादी नेता हुन् । उनले द्वन्द्वकालमा जेठी छोरी र ज्वाईं लडाईंमै गुमाएका थिए । गोर्खबहादुर केसी पनि माओवादीको राजनीतिमै सबै खाले भूमिका निर्वाह गर्ने ब्यक्ति मानिन्थे । भूमिगत रेडियोको प्रस्तोता रहेका केसी फौजी आक्रमणदेखि पार्टीका अन्य भूमिकामा समेत सक्रिय रहेको माओवादीका नेताहरु बताउँछन ।

पार्टीमा हाम्रो परिवारको धेरै ठूलो लगानी छ त्यसैले हामीले पार्टीको विश्वास जितेका हौं मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतम भन्नुहुन्छ । नेपाली कांग्रेसको प्रभाव रहेको मुसिकोट नगरमा झण्डै एक सय ६६ मतको अन्तरले मात्रै गौतम विजय हुनु भएको हो । source:ujyaaloonline.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qzHOSK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top