काठमाडौं—प्रधानमन्त्री पुत्री रेणु दाहाल उम्मेदवार रहेको भरतपुर महानगरपालिकाको मतपरिणाम सार्वजनिक गर्न बन्द गरिएको छ। यस अघिसम्म एक-एक घन्टामा सार्वजनिक हुनेगरीको परिणाम बिहीबार ९ बजेदेखि सार्वजनिक भएको छैन।
पछिल्ला परिणामहरुमा प्रधानमन्त्री पुत्री दाहाल निरन्तर पछि परिरहेको अवस्थामा मतगणना सार्वजनिक गर्न बन्द गरिएको हो। बिहान ९ बजेसम्मको गणना हुँदा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली ७३७४ मत पाएर अगाडि थिए। त्यतिबेला प्रधानमन्त्री पुत्री दाहाल १६४० मतले पछि परेकी थिइन्। उपमेयरमा एमालेकी दिव्य शर्मा ६६८५ मत पाएकी थिइन्। काँग्रेसकी पार्वती शाहले ६२४६ मत पाएकी थिइन्।
प्रधानमन्त्री पुत्री मतगणनाको सुरुदेखि नै एमाले उम्मेदवारभन्दा पछाडि छिन्।
सूचना लुकाउने नियतप्रति सञ्चारकर्मीले विरोध जनाएका छन्। उनीहरुले मतगणनास्थल बाहिर नाराबाजी गर्दै परिणाम सार्वजनिक गर्न माग गरेका छन्।
भरतपुरमा काँग्रेस र माओवादीबीच चुनाबी तालमेल भएको थियो। मेयरमा काँग्रेसले माओवादी केन्द्रकी रेणु दाहाललाई समर्थन गरेको थियो। मेयर पदका लागि उम्मेदवारबिनाको रुख चिन्हमा प्रशस्त छाप लागेको भए पनि त्यसलाई गोप्य राखिएको छ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2ruBZ6x
via IFTTT
0 comments:
Post a Comment