Photo of Milford Sound in New Zealand

काठमाडौँ, ३० वैशाख । निर्वाचन आयोगको वैशाख २९ गते बसेको बैठकले निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरुका लागि सरकारी निकायबाट जारी गरिएको तस्बिरसहितको कुनै परिचयपत्रका आधारमा मतदान गर्न दिने निर्णय गरेको छ ।

आयोगले मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र/राहदानी/सवारी चालक अनुमतिपत्र/जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्बिरसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय गरेको हो ।

साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ । सो सम्बन्धमा थप बुझ्नु परेमा आयोगको टोल फ्री नम्बर १६६००१४४२२२ मा सम्पर्क गरी जानकारी लिन सकिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो । रासस

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qgzjtw
via IFTTT
13 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top