Photo of Milford Sound in New Zealand

खाँडीचौर, २८ वैशाख – सिन्धुपाल्चोकको तीन किलोमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
स्थानीय तहको निर्वाचनका लागि मतदाता बोकेर काठमाण्डुबाट दोलखाका लागि छुटेको बा २ ख ५०५६ नम्बरको बस तीन खाँडीचौरभन्दा तीन किलोमिटरमाथि तीन किलो भन्ने ठाउँ बस सडकबाट तल खसेको एसपी रवीन्द्र केसीले जानकारी दिए । दुर्घटनामा दोलखा लामिडाँडाका मुक्तिनाथ घिमिरे र उनकी पत्नी रत्नकुमारी घिमिरेको मृत्यु भएको छ ।

दुर्घटनाबारे जानकारी पाउना साथ प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको उनले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ । नेकपा माओवादी केन्द्रले रिजर्भ गरेर लगेको बस लामोसाँघु जिरी सडकखण्डको तीन किला े भन्ने ठाउँमा दुर्घटना भएको थियो । – kathmandutoday

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2r6h4qP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top