Photo of Milford Sound in New Zealand

काठमाडाैं । भरतपुर महानगरपालिकाको वडा नम्बर ६ को मतगणनाले नेकपा एमालेको होस उडायो।

कांग्रेस/माअोवादी गठबन्धनलाई फिका पार्दै निरन्तर अग्रता बनाएका एमालेका मेयर उम्मेद्वारको मतमा ६ नम्बर वडाको गणना गर्दा एकाएक ब्रेक लाग्यो। फराकिलो मत अन्तरले पछाडी परेकी माअोवादीकी मेयर उम्मेद्वार रेणु दाहालले राहतको सास फेर्ने क्षण थियो त्यो जसले एमाले उम्मेद्वार देवी ज्ञवालीको धड्कन बढायो।

भरतपुर वडा नम्बर ६ को मतपरिणामले एकपटक चुनावी चासो राख्ने तप्कामा हलचल ल्याइदियो। एमाले, कांग्रेस र माअोवादी तीनवटै दलले प्रतिष्ठाको विषय बनाएको भरतपुर महानगरमा एमाले अग्रता तोड्ने कारक यही वडा नम्बर ६ बन्यो। जहाँ नेपाली कांग्रेसका उम्मेद्वार हरिबिलास कोइरालासहित उनको प्यानल नै भारी मत अन्तरले विजयी बन्यो। वडा नम्बर ६ को त्यो मतले मेयर पदको मतअन्तरलाई पनि उल्ट्याएर युटर्न गरिदियो।

निरन्तरको एमाले अग्रता यही मतले तोडेर माअोवादी उम्मेद्वार रेणु दाहालको अग्रता बनायो। यो परिणामले एउटा अर्को भ्रम पनि चिरिदिएको छ। नेपाली कांग्रेसको मत माअोवादीलाई खसेन भन्ने हल्लालाई जवाफ दिन यो उदाहरण नै प्रयाप्त होला। कांग्रेसकै मतले मेयर उम्मेद्वार दाहालले क्षणभरका लागि नै सही, अग्रता पाइन्। तर, जव वडा नम्बर ७ को मत गणना सुरू भयो माअोवादीले पाएको त्यो अग्रता क्षणभर पनि टिकेन।

एमालेले आफ्नो अग्रता खोसेर फेरी लिड गर्यो। एमालेका उम्मेद्वार राजेन्द्रमणि काफ्लेले भरतपुर-७ मा विजय पाए। झिनो मत अन्तरले पछाडि परेका एमालेका मेयर उम्मेद्वार देवीका लागि ७ नम्बरको मत थपिएपछि राहात मिल्यो र उनको अग्रता फेरी बढेर गयो। वडा नम्बर ७ को मतले रेणु दाहालको मत अग्रतालाई टिकिरहन दिएन र नयाँ परिणाम दियो। जसले माअोवादीको क्षणिक अग्रतालाई टिकिरहन दिएन। परिणाम उल्टिएर एमाले पक्षमा पुग्यो। फेरि देवी ज्ञवालीले ५२९ मतले लिड गरे।

बिहान पाैने ९ बजे सार्वजनिक गरिएको पछिल्लो परिणाम यस्तो छः देवी ज्ञवाली-१२३०६ रेणु दाहाल-११७७७

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qzTANc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top