Photo of Milford Sound in New Zealand

लण्डन । नेपाली चलचित्र क्षेत्रकी सर्वाधिक सुन्दरी नायिका करिश्माले आइतबारको निर्वाचनमा काठमाण्डौबाट भोट हाल्न नपाएपछि त्यसको दोष श्रीमान बिनोद मानन्धरलाई दिंदै सामाजिक संजालामै आक्रोश व्यक्त गरिन् ।

करिश्माको पतिप्रतिको आक्रोशबारे चर्चा, टिका टिप्पणी भइरहेका छन् । तर करिश्माका श्रीमान विनोदले भने करिष्मा मानन्धर जतिसुकै सुन्दरी नायिका भए पनि आफ्नो लागि घरकी मुर्गी दाल बराबर भएको बताएका छन् ।

केहि साता पहिले लण्डनमा छायांकन भएको कुशल श्रेष्ठको शो ‘इन फोकस’मा बिनोदले दुई बीचको सम्बन्ध पहिलेको जस्तो नभएको र बोलचाल पनि कम हुने बताएका छन् ।

बिगत सम्झँदै बिनोदले करिश्मासँग विवाह पनि उनकै करकापले गर्दा बाध्यतामा परी आफनो परिवारको अनुमति बिना नै गर्नु परेको खुलासा गरेका छन् । एक-अर्का बीचको यिनै आरोप प्रत्यारोपबाट सजिलै अनुमान गर्न सकिन्छ की यी दुई बिचको सम्बन्ध धेरै बर्ष अघि नै चिसिएको छ ।

पूरा अन्तरवार्ता :
श्रोत : नेपालीपत्र

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pPtqSh
via IFTTT

0 comments:

Post a Comment

add

 
Top