Photo of Milford Sound in New Zealand

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका एक जना केन्द्रीय स्तरका नेताले नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई ज्यान मार्ने धम्की दिएका छन् ।

प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई फाइदा पुग्नेगरी काम गरेको भन्दै प्रदेश नम्बर १ भई हाल युवा संघ तथा पार्टीमा सक्रिय ती नेताले एमसेलको नम्बरबाट मेसेज र फोनमार्फत धम्की दिएको कुलमानको निजी सचिवालय स्रोतले जानकारी दिएको छ ।

एमालेलाई भोट दिए कुलमान हटेर फेरि लोडसेडिङ हुने चर्चा सामाजिक सञ्जालमा व्यापक भएपछि यो प्रचार कुलमानले नै गराउन खोजेको भनेर एमाले नेताले सरकार त बन्न देउ अनी था पाउलास भनेर धम्क्याएका हुन् ।

‘आफ्नो लिमिटमा बस होइन् भने तेरै वत्ती नरहला, होस गरेस् भनेर धम्क्याएपछि कुलमानले यसबारे आफ्ना सहयोगी र सल्लाहकारसँग परामर्श गरेका छन् ।

पछि उक्त नम्बरमा कुलमानले सम्पर्क गर्न खोज्दा अस्तित्वमा नरहेको पाइयो । कुलमानलाई यस्तो धम्की आएको पहिलो पटक भने होइन् । source:nepalpana.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pKlxOI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top