Photo of Milford Sound in New Zealand

प्रश्नः मेरो नाम कृष्ण श्रेष्ठ हो । म हाल युएईमा छु । मेरो घरमा श्रीमतिले अढाई बर्षको बच्चा लिएर कुनै जानकारी नदिई माईत गएर बसेकी छिन् ।
यसअघि पनि उनले पटक पटक यस्तै गर्दै आएकी छन् । मैले उनलाई घर फर्किन आग्रह गर्दा नआउने र सँगै नबस्ने कुरा गर्छिन । मैले यो अवस्थामा न्याय पाउन के गर्नुपर्छ ? र यस्तो घटनामा सम्वन्ध विच्छेद गर्दा मैले श्रीमतिलाई अंश दिनुपर्छ की पर्दैन ?
उत्तर( अधिवक्ता सुजन पन्त): नेपालमा श्रीमानले चाहेर सम्वन्ध विच्छेद गर्ने प्रकृया अलिक जटिल छ ।

तपाई र तपाईको श्रीमति सँगै बस्न नसक्ने भएमा र तपाईले सम्वन्ध विच्छेद गर्न चाहेमा सम्वन्धित गाउँपालिका वा नगरपालिकामा गएर निवेदन दिनु पर्दछ ।
यसका लागि तपाई र तपाईको श्रीमति ३ बर्षयता सँगै नबसेको हुनु पर्दछ । यदि त्यसो भएमा तपाईको सम्वन्ध विच्छेदको प्रकृया अगाडी बढ्न सक्दछ । तर यसको प्रकृया लामो हुन्छ ।
तपाईको दोश्रो जिज्ञासा, अंश दिनु पर्ने नपर्ने सम्वन्धमा नेपालको कानून अनुसार तपाईले श्रीमतिलाई अंश दिनु पर्ने हुन्छ । तपाईले सम्वन्ध विच्छेदको मुद्धा चलाएमा वा तपाईको श्रीमतिले चलाएमा, जुनसुकै अवस्थामा पनि तपाई अंश दिन बाध्य हुनुहुन्छ ।

यस सम्वन्धमा हाल संसदमा विचाराधिन अवस्थामा रहेको देवानी संहितामा यदि महिला आफैं छुट्टीन चाहेमा र महिलाले लिन नचाहेमा भनें अंश दिनु नपर्ने व्यवस्था छ । तर हाल सो विधेयक पारित नभइसकेका कारण यो व्यवस्था लागु भएको छैन ।
तपाईको अढाई बर्षको बच्चा समेत भएका कारण तपाई दुईबीच सम्वन्ध विच्छेद भएमा नेपालको कानून अनुसार बच्चाले समेत स्वतः अंश पाउने व्यवस्था छ । तर सकेसम्म सम्वन्ध विच्छेदको तहसम्म सोच्नु अगाडी तपाईहरुले आफूबीचको असमझदारी हटाउन सकेसम्म प्रयत्न गर्नु उपयुक्त हुन्छ ।

-अमेरिका नेपाल बाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2r69wUe
via IFTTT

0 comments:

Post a Comment

add

 
Top