Photo of Milford Sound in New Zealand

जाजरकोट, जेठ ५ – लामो सघर्ष छि चुनाव जितेका एक नेताको २४ घण्टा नपुग्दै पद खोसिएको छ । जाजरकोटमा यस्तै एउटा घटना भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले मत परिणाम घोषणा गल्ति भएको भन्दै मतपरिणाम अघिल्लो दिन सार्वजनिक गरेको भन्दा भोलिपल्ट सूचना प्रकाशित गरेर भुल बस भएको भन्दै अर्कैलाई विजेता घोषणा गरेको छ ।

सूचना अनुसार बढी मत प्राप्त गर्नेलाई विजेता घोषणा नगरेर कम मत प्राप्त गर्नेलाई विजेता घोषणा गरिएको हो । भेरी नगरपालिका वडा नं २ को खुला वडा सदस्यमा बुधबार माइकिङ्ग गरेर बलराम वलीलाई विजेता घोषणा गरिएको थियो ।

बाहिर बलराम र उहाँका शुभ चिन्तकसहित नेता कार्यकर्ता मत परिणामको व्यग्र प्रतिक्षा गरिरहेका थिए । त्यसपछि विजयी भएको परिणाम घोषणा भएपछि नारा लगाउँदै विजयी जुलुस लिएर आफ्नो घर फर्किका उहाँले आफन्त तथा शुभचिन्तकलाई भोज समेत खुवानुभयो ।

तर बिहीबार निर्वाचन अधिकृतको कार्यालयले गल्ति भएको भन्दै पुर्णबहादुर खत्रीलाई विजेता घोषणा गरेपछि उहाँ छागाँबाट खसे जस्तै हुनुभयो । दुुवैजना माओवादी केन्द्रबाट उम्मेवार रहेका थिए । यसअघि खुला खुला सदस्यमा नेपाली कांग्रेसका तारालाल रोकाय र माओवादी केन्द्रका बलराम वलीलाई विजयी घोषणा गरिएको थियो ।

बलरामले ५१६ मत प्राप्त गरेको र उहाँ भन्दा दुई मत बढी अर्थात ५१८ मत ल्याए पूर्णबहादुरलाई विजेता घोषणा गर्नु पर्नेमा कम्प्युटर टाइपमा गल्ती भएकोले फेरि मत परिणाम सच्याएर पूर्णबहादुर खत्रीलाई विजेता घोषणा गरेको मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले जानकारी दिनुभएको छ । हतारमा कतै केही त्रुटी भएको छ कि भनेर सबै मत परिणामको रुजु गर्दा यस्तो त्रुटी फेला परेको उहाँले बताउनुभएको छ । source:ujyaaloonline.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qCHwbY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top