Photo of Milford Sound in New Zealand

बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो कलेजोको २५ प्रतिशतले मात्र काम गरिरहेको खुलासा गरेका छन् । हालै मुम्बईमा आयोजित हेपाटाइटिस रोगसम्बन्धी कार्यक्रममा सहभागी भएका उनले यो कुरा बताएका हुन् ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौँ ।

‘मलाई कलेजोको यस्तो रोग छ, जो अधिक मदिरा सेवन गर्नेहरूलाई हुने गर्छ,’ अमिताभले भनेका छन्, ‘सन् १९८२ मा कुली फिल्मको सुटिङका क्रममा म नराम्रोसँग घाइते भएँ, त्यतिवेला मलाई धेरै पाउन्ड रगत चढाइएको थियो । त्यतिवेला नै मलाई हेपाटाइटिसको संक्रमण भएको थियो ।’ उनलाई यो कुरा सन् २००४ मा मात्रै थाहा भएको रहेछ । आफ्नो ७५ प्रतिशत कलेजो बिग्रिएकाले भारतलाई हेपाटाइटिसमुक्त बनाउने अभियानमा लागिरहेको समेत उनले बताएका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qcTri4
via IFTTT

0 comments:

Post a Comment

add

 
Top