Photo of Milford Sound in New Zealand

– सरगम भट्टराई
ए बूढा, म त सक्दिन यसरी दिन दिनै तिम्री आमाको मलमूत्र सोहोर्न, तिम्री आमाले आज पनि ओछ्यानमै पौडी खेलिछिन् । एक दिन होईन दुई दिन होईन दिन दिनै । अरु दाई भाइ पनि छन् यो बूढीको हामीले मात्र ऋण खाएको हो र ? जीउनीको नाममा एक टुक्रा जग्गा छैन, सित्तैमा सेवा गर्नुपर्ने रे हामीलाई !

दिपककी श्रीमती दीपा एकोहोरो कड्किरहेकी थिई ।

तिमी धेरै बकबक नगर । मेरी जन्म दिने आमा हो वहाँ । तिमीलाई सेवा गर्न मन नलागे मै गरौँला ।
दिपकले अनुहार बिगार्दै भन्यो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qzaCdA
via IFTTT

0 comments:

Post a Comment

add

 
Top