Photo of Milford Sound in New Zealand

८ असोज, काठमाडौं । यातायात ब्यवस्था विभागले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वितरण रोकेको छ । दशैंका लागि ट्राफिक प्रहरी फिल्डमा खटिनुपर्ने भएको कारण देखाउँदै असोज २२ गतेसम्मका लागि लाइसेन्सको वितरण रोकिएको हो ।

लाइसेन्सको आवेदन, लिखित परीक्षा र ट्रयाल रोकिएको हो । अब २२ गतेपछि विभागले फेरि नयाा लाइसेन्सको वितरण सेवा सुचारु गर्ने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । आजसम्म विभागले सवारीको ट्रायल भने लिइरहेको छ ।

विभागले यसअघि असोज ३ देखि नै एकान्तकुनाबाहेकका यातायात कार्यालयबाट लाइसेन्सको आवेदन रोकेको थियो । आजबाट एकान्तकुनाबाट पनि रोकिएको छ ।

विभागले अब सार्वजनिक सवारीको अनुगमनमा आफ्नो ध्यान केन्दि्रत गर्ने बताएको छ । दशैंको अघि सार्वजनिक सवारीमा बढी भाडा लिने प्रवृत्ति ब्याप्त छ ।

नयाँ लाइसेन्सको वितरण रोकिएपनि रकारी कार्यालय खुल्ने दिनसम्म नवीकरण भने नरोकिने यातायात व्यवस्था विभाग, सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुनाका प्रमुख तेजनारायण यादवले बताए ।onlinekhabar

The post सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण बन्द…… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hr1IwD
via IFTTT

0 comments:

Post a Comment

add

 
Top