Photo of Milford Sound in New Zealand

एजेन्सी । छोरीको चाहना पूरा गर्न चीनमा एक पिताले सात वर्षदेखि चाउचाउमात्रै खाँदै आएका छन् । चीनको हुबेई क्षेत्रका ४९ वर्षका होउ यनवेइले आफ्नो छोरीको जिम्नाष्टिक बन्ने इच्छा पूरा गर्न खर्च अभावका कारण सात वर्षदेखि चाउचाउ मात्रै खाएर जीवन गुजारिरहेका छन् ।

छोरीसँग एउटा सानो झुप्रोमा बस्दै आएका सडक सफाइ गर्ने मजदुर यनवेइलले महिनामा २ हजार युआन आम्दानी गर्छन् । जसबाट ३ सय युआन घरको भाडा तिर्छन् र आफ्नो लागि १० युआन भन्दा धेरै खर्च नगर्ने बताउँछन् । श्रीमतीसँगको डिभोर्स भएपछि छोरी जिनजिनसँग बस्दै आएका उनले सात वर्षमा करिब २ टन जति चाउचाउ खाएको बताउँछन् ।

पाँच वर्षदेखि छोरी जिनजिन वुहान इन्स्टिच्यूट अफ फिजिकल एजुकेसनमा अध्ययनरत रहेकी र उनको ट्युसन शुल्क नै वर्षको १४ हजार युआन लाग्ने बताएका उनले छोरीलाई अन्य पकेट खर्च ३ हजार युआन लाग्ने बताए । उनकाअनुसार छोरीले जिम्नाष्टिकको तालिम सुरु गरेयता खर्च जोगाउन चाउचाउ खान थालेको हो ।

The post यी बाबु जसले छोरीको भविष्य बनाउन ७ वर्षदेखि चाउचाउ मात्रै खाए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vI6tbC
via IFTTT
05 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top