झापा । भारतबाट नेपाल छिरेको एउटा रिक्सा जाँच गर्नेक्रममा झोला भित्र हेर्दा सुरुमा त प्रहरीकै होस उड्यो। लुकाएर ल्याएको झोला खोलेर हेर्दा मान्छेको खप्पर देखेपछि प्रहरी नै तर्सिएका हुन्। खप्पर एउटा मात्रै हैन २२ वटा थिए।
झापाको काभ्रे मण्डनदेउपुर नगरपालिका–८ घर भएका ५२ बर्षीय सोम तामाङलाई प्रहरीले पुरानो मानव खप्पर २२ थानसहित पक्राउ गरेको छ।
मेची नगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय काकडभिट्टाको गेट अगाडी मंगलबार भारतबाट नेपालतर्फ आउदै गरेको रिक्सालाई जाँच गर्दा मानव खप्परले भरिएको झोलाहरु फेला परेको हो। तामाङले झोलामा ल्याएको उक्त खप्पर कुन प्रयोजनका लागि कहाँ पुर्याउने योजनामा थिए भन्ने बारे खुलेको छैन।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। dcnepal
The post नेपाल भित्रिएको झोला जाँच गर्दा प्रहरीको होस उड्यो appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2wCgtln
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.