Photo of Milford Sound in New Zealand

७ असोज, काठमाडौं । राप्रपाको केन्द्रीय सदस्य गायिका कोमल ओली एमालेमा प्रवेश गर्ने भएकी छन् । राप्रपाको निर्वाचित केन्द्रीय सदस्य रहेकी कोमल सोमबार अध्यक्ष केपी ओलीका हातबाट टीका लगाएर एमालेमा प्रवेश गर्न लागेकी हुन् ।

कोमल ओलीसँगै दाङका व्यवसायी एवं कांग्रेस नेता बलिभद्र राना पनि एमालेमा प्रवेश गर्न लागेको स्रोतले जनाएको छ । राना र ओलीलाई एमाले प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली आफैं दाङ जाने भएका छन् ।

कोमल ओलीले यसबीचमा एमाले प्रवेशका लागि माधव नेपाल लगायतका पार्टी नेताहरुसँग छलफल गरेकी थिइन् । राप्रपा विभाजनपछि निराश बनेकी ओलीले एमालेका नेताहरुसँग छलफल अघि बढाएकी हुन् । उनले यसबीचमा एमाले प्रवेश गर्नेहरुको एउटा सूची नै बनाएकी छिन् ।

राप्रपामा केन्द्रीय सदस्य जितेर पनि जिम्मेवारीविहीन बनाइएको गुनासो गर्दै एमालेमा प्रवेश गर्न लागेकी ओलीले पार्टीमा पाइने जिम्मेवारीका बारेमा समेत नेताहरुसँग छलफल गरेको बताइएको छ । उनी रेडियो नेपालको जागिर छाडेर पूर्णकालीन राजनीतिमा संलग्न भइसकेकी छन् ।

कोमल ओलीले स्थायी कमिटी सदस्य शंकर पोखरेलमार्फत एमाले प्रवेशका लागि वार्ता चलाएकी हुन् । पोखरेल र ओली दाङको एउटै क्षेत्रका हुन् । दाङको तुलसीपुर र घोराही उपमहानगरपालिका सहित बहुसंख्यक स्थ्ाानीय तह जितेपछि एमाले दाङमा प्रभाव बढाउने रणनीतिमा छ ।

कोमल ओली र बलिभद्र रानालाई एमाले प्रवेश गराउँदा चुनाव जित्न सहज हुने देखेर एमाले नेता पोखरेल खटिएका थिए । रानालाई माओवादी नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले पनि माओवादी प्रवेश गराउन चाहेका थिए ।

कोमल ओलीलाई एमालेले प्रदेशसभाको प्रत्यक्ष वा प्रतिनिधिसभाको समानुुपातिकतर्फको सांसद बनाउने सम्भावना रहेको स्रोतले जनाएको छ । जताबाट भए पनि कोमल अब एमालेबाट सांसद बन्ने सम्भावना रहेको उनी निकट स्रोतले बतायो ।

उनी राप्रपामा पनि सांसद पाइने आशमा प्रवेश गरेकी थिइन् । तर राप्रपाको शक्ति कमजोर भएपछि उनले त्यहाँबाट आफ्नो भविश्यको सम्भावना नदेखेपछि दलबदल गरेको राप्रपाका एक नेताले बताए ।

गायिका कोमल ओली र नायिका रेखा थापा एकसाथ राप्रपामा प्रवेश गरेर केन्द्रीय सदस्य बनेका थिए । राप्रपा फुटेपछि ओली कमल थापा समूहमा थिइन् भने रोखा चाहिँ पशुपतिसमशेर राणा समूहमा लागेकी छिन् ।
ओली एमालेमा प्रवेश गरे पनि रेखाले भने पार्टी परिवर्तनको निर्णय गरेकी छैनन् ।onlinekhabar

The post कोमल ओलीले राप्रपा छाडिन् ! अब एमालेले सांसद बनाउने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ywcExj
via IFTTT

0 comments:

Post a Comment

add

 
Top