Photo of Milford Sound in New Zealand

भारत र चीनबीच नेपाली पश्चिमोत्तर भूमि लिपुलेकबारे सन् २०१५ मे १५ मा भएको गैरकानूनी सम्झौता खारेज गर्न र कालापानीबाट भारतीय सेना फिर्तिका लागि कदम चाल्न विभिन्न क्षेत्रका विज्ञहरुले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

पूर्वराजदूत, परराष्ट्रविद, कानूनविद, प्राध्यापक, सीमा अभियन्ता, पूर्व सुरक्षा अधिकारीसहित ४५ जनाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री जनार्दन शर्मासमक्ष बाह्र बुँदे ज्ञापनपत्र छुट्टाछुट्टै बुझाएका हुन् ।

ज्ञापनपत्रमा भारत र चीनबीच भएको गैरकानूनी लिपुलेक सम्झौता खारेजीसहित नेपाली भूमिमाथिको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षाका लागि तत्काल कूटनीतिक कदम चालिनुपर्ने, लिपुलेक–लिम्पियाधुरा क्षेत्रमा नेपाल सरकारको

उपस्थिति नहुँदा कालापानीमा भारतीय सुरक्षा फौज बसेको र भारत र चीनबीच लिपुलेक सम्झौता भएकोले लिपुलेक, तिंकर या छाँगुरमा नेपाली सेना र सशस्त्र प्रहरीको ब्यारेक तत्काल स्थापना गरिनुपर्ने माग गरिएको छ ।

The post भारतले खाएको नेपाली भुमी चीनले फिर्ता गर्ने ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2f2LDsY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top