Photo of Milford Sound in New Zealand

काठमाडौँ। हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौला अभिनित सामाजिक चलचित्र ‘हुन्नरी’ सार्वजनिक भएको छ। सामाजिक सुरक्षा भत्ताबारे चेतना जगाउन निर्माण गरिएको चलचित्रमा दीपक र दीपा प्रेमीप्रमीकाको रुपमा देखिएका छन्।

शारिरीक रुपले अशक्त सोझो गाउँले केटाको भुमिकामा दीपकले अभिनय गरेका छन् भने दीपा, विधवा महिलाको भुमिका देखिएकी छिन्। समाजलाई चुनौति दिँदै यि दुईले विवाह गरेर सामाजिक सुरक्षा भत्ता बापत पाएको पैसा बचत गरेर ठुलो काम गर्न सफल भएको विषयलाई चलचित्रमा देखाईको छ।

समाजिक सुरक्षा भत्ताको सहीसदुपयोग भएमा थोपा थोपा संकलन गरेर गतिलो काम गर्न सकिने सन्देश चलचित्रले दिएको छ। केन्द्रिय पञ्जिकरण विभागका लागि सेभ द चिल्ड्रेनको सहयोगमा शुभ मिडिया होमले निर्माण गरेको यस चलचित्रलाई दीपक आचार्यले निर्देशन गरेका हुन्।

अभिमन्यु निरवीको लेखन रहेको चलचित्र गोकुल अधिकारीले खिचेका हुन् भने अमन मानन्धरले सम्पादन गरेका हुन्। चलचित्रमा दीपक दीपासँगै देशभक्त खनाल, लक्ष्मण विक्रम बस्नेत, लक्ष्मी गिरी, निरु खड्का, दीपक आचार्य, कमला रेग्मी, गीता थापा, अप्सरा अधिकारी लगायतको अभिनय छ।

The post समाज परिवर्तनको लागि दिपक र दीपाले बिहे गरे appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EAQEHz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top