Photo of Milford Sound in New Zealand

नेपालगंज । उत्ताउलो गतिविधि गरेर विवादतमा अाएकी गायीका सरस्वती लामाले कोहलपुरमा पनि त्यस्तै गतिविधि गरेकी छन् । उनले मञ्‍चमै अाफूले लगाएका लुगाहरु भाकाभक खोलिन् ।

बाँकेको कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवमा गीत गाउने क्रममा लामाले अ‍श्‍लीलता प्रदर्शन गरेकी हुन् । लामाको उक्त प्रस्तुतिले युवाहरु अनियन्त्रित भएका थिए ।

लामाले महोत्सवमा एउटा गीत गाएर दोस्रो गीत ‘काले दाई काले दाई’ गाउने क्रममा शरिरमा लगाएका कपडा एकपछि अर्को खोल्न थालेपछि सहभागी युवाहरु अनियन्त्रित भएपछि लामाको प्रस्तुति बीचमै रोकिएको हो ।

लामाको गीतसँगै सहभागी युवाहरु उच्छृंखल भई अश्लीलता प्रदर्शन गर्न लागेपछि प्रहरीले बल प्रयोग गर्नु परेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

प्रहरीले विवादका बीचमा लामालाई सुरक्षित रुपमा महोत्सवको सचिवालयमा पुर्‍याएको थियो । कोहलपुर महोत्सवमा शनिबार गायक स्वरुपराज आचार्य, कमल खत्री र नायीका केकी अधिकारीको पनि प्रस्तुति थियो

The post सरस्वतीले मञ्‍चमै भाकाभक लुगा खोलिन्, हात हालाहाल, प्रहरीले गर्‍यो हस्तक्षेप appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CbhsZp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top