Photo of Milford Sound in New Zealand

काठमाडौं, २१ माघ । सदाबहार नायिका करिश्मा मानन्धर आज आफ्नो जन्मदिन मनाउँदैछिन् । विकिपिडियाका अनुसार करिश्माको जन्म १९७४ फेब्रुअरी ४ हो । यस आधारमा आज करिश्मा आफ्नो ४५ औं जन्मदिन मनाउँदैछिन् ।

सन्तान चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी करिश्मा अभिनित तीन दर्जन बढी चलचित्र सफल छन् । अभिनय र सौन्दर्यका कारण सधैं चर्चामा रहने करिश्मा निर्माता पनि हुन् ।

उनी अहिले डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी नेपालकी केन्द्रीय सदस्यसमेत हुन् । उनलाई नयाँ शक्तिले प्रतिनिधिसभाको समानुपातिकतर्फको एक नम्बरमा राखेको थियो । तर, ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा करिश्मा सांसद बन्नबाट वञ्चित हुन पुगिन् ।

करिश्मा र विनोद मानन्धरबाट एक छोरी छन् । करिश्माले छोरी कवितालाई चाँडै चलचित्रमा डेब्यु गराउन लागेको बताइन्छ । आफ्नो जन्मदिनको बिहानै करिश्माले फेसबुकमा दुईवटा तस्बिर राख्दै ‘भेरी स्पेसल ड’ भनेर उल्लेख गरेकी छन् । जन्मदिनको शुभकामना दिनेले करिश्माको फेसबुक टाइमलाइन भरिएको छ ।

The post नायिका करिश्मा मानन्धरको आज जन्मदिन, कति वर्ष लागिन् त ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nBaR6m
via IFTTT

0 comments:

Post a Comment

add

 
Top