Photo of Milford Sound in New Zealand

धनुषा, माघ २३ – ललितपुरका एक जग्गा व्यवसायी दम्पतीले धुर्मुस-सुन्तली फाउन्डेसनलाई पाँच लाख रुपैयाँ नगद सहयोग गरेका छन् ।

ललितपुर महालक्ष्मी नगरपालिका -४, इमाडोल बस्ने इन्द्रकुमार श्रेष्ठ र उहाँकी श्रीमती विष्णु श्रेष्ठले संयुक्त रुपमा पाँच लाख रुपैयाँ नगद फाउन्डेसनका अध्यक्ष एवं हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसलाई प्रदान गर्नुभएको छ ।

फाउन्डेसनले रौतहटको चन्द्रपुर ८ स्थित सन्तपुर एकीकृत नमुना वस्ती निर्माणको क्रममा ७० लाख रुपैयाँमा अपुग भएको समाचार सुनेपछि ५ लाख रुपैयाँ आफ्नो जन्मदिनको अवसर पारेर प्रदान गरेको इन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

धुर्मुस सुन्तलीले अहोरात्र खटेर दुखी पीडितको लागि बस्ती निर्माण गरेर महान कार्य गरिरहेको र त्यसमा रकम अपुग भएकाले ५ लाख सहयोग गरेको उहाँको भनाई छ । श्रेष्ठ दम्पतीले सन्तपुर बस्तीमै पुगेर रकम हस्तान्तरण गर्नुभएको हो । ujyaaloonline

The post जन्मदिनमा धुर्मुस-सुन्तली फाउन्डेसनलाई पाँच लाख appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Bd52U2
via IFTTT
06 Feb 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top